संगालोखबर

विराटनगर । विराटनगरस्थित प्रदेश सभा नजिक अनशन बसेका पूर्व मुख्यमन्त्री केदार कार्कीसहितको टोलीलाई हटाउन प्रहरीले बल प्रयोग गरेपछि स्थिति तनावपूर्ण बनेको छ ।

Advertisement

प्रशासनले निषेधित क्षेत्र तोकेकाले अनशनरत टोलीलाई त्यहाँबाट हटाउन प्रहरीले बल प्रयोग गरेको हो । अनशनमा बसेका काँग्रेस नेता कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि दुई पक्षबीच घम्साघम्सीको स्थिति सृजना भएको छ ।

अनशनस्थलबाट प्रहरीले विराटनगर महानगरपालिका वडा नं.६ का वडाध्यक्ष एवं काँग्रेस नेता अक्षय सहनीलाई नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!