अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक दलमा प्रतिनिधित्व सुनिश्चित गर्न माग
विराटनगर । राजनीतिक दलले अपाङ्गता भएका व्यक्तिहरूको सार्थक एवं प्रभावकारी सहभागिता तथा प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिइएको छ । नेत्रहीन युवा सङ्घ मोरङले विराटनगरमा गरेको अन्तरक्रियाका सहभागीले प्रभावकारी सहभागितामा जोड दिएका हुन् ।
कार्यक्रममा दलहरूमा अपाङ्गता भएका व्यक्तिको सार्थक एवं प्रभावकारी सहभागिता तथा प्रतिनिधित्व हासिल गर्ने, पहुँचयुक्त निर्वाचन प्रणाल...





























