गोमा ढुंगाना/संगालोखबर

विराटनगर । प्रदेश सरकारसमक्ष विभिन्न माग राख्दै अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीले आज राती अनसन तोडेका छन् । अनशनरत पक्ष र सरकारका प्रतिनिधिबीच सहमति जुटेपछि कार्कीले नवजात शिशुको हातबाट जुस पिएर राती करिब ९ः३० बजे अनशन तोडेका हुन् ।

Advertisement

कार्कीलाई जुस खुवाउन विराटनगर-६ की निर्मला शर्माका ४२ दिनका छोरा शिवशंकरलाई देवकोटा चोकस्थित अनशनस्थल ल्याइएको थियो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री लिलावल्लभ अधिकारी र कार्कीले सहमतिपत्रमा हस्ताक्षर गरेर अनशन तोडिएको हो । काँग्रेस संसदीय दलका नेता उद्धव थापा, काँग्रेसका प्रमुख सचेतक गोपाल तामाङ र मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीको रोहबरमा सहमति गरिएको छ ।

कार्कीले उठाएका मागहरूका विषयमा प्रदेश सरकारले समन्वय गरेर काम गर्ने सहमति भएको छ । कार्कीले अहिले माग गरेका कतिपय विषय पहिलेनै प्रदेश सरकारले २०८०/०८१ को बजेटमा समावेश गरी रकम विनियोजन गरेकाले त्यसलाई तत्काल कार्यान्वयन गर्ने पनि सहमति भएको छ ।

यस्तो छ सहमति पत्र…

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!