संगालोखबर

विराटनगर । अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीसहितको टोलीलाई प्रहरीले हस्तक्षेप गरेको भन्दै त्यसको विरोधमा विराटनगरमा आज साँझ मसाल जुलुस प्रदर्शन गरिएको छ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ र तरुण दलले विराटनगरको हस्पिटल चोकमा जुलुस प्रदर्शन गरेका हुन् ।

Advertisement

प्रदर्शनमा उत्रिएकाहरूले प्रदेश सरकार र प्रहरी प्रशासनविरुद्ध नारावाजी गरेका छन् । उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा माग गर्दै नारा पनि लगाए । यसैबीच जुलुसमा प्रहरीले हस्तक्षेप गरेर मसाल खोसेको छ । सो क्रममा केही समय दुई पक्षबीच घम्साघम्सी भएको थियो ।

प्रशासनले निषेधित क्षेत्र तोकेको स्थानमा अनशन बसेपछि प्रहरीले हिजो साँझ पूर्वमुख्यमन्त्री कार्कीसहितको टोलीलाई बल प्रयोग गरेर हटाएको थियो । सोही घटनाको विरोधमा मसाल जुलुस प्रदर्शन गरिएको हो । कार्की निषेधित क्षेत्र तोकिएको स्थान बाहिर आएर पुनः अनशन बसिरहेका छन् । 

भिडियो…

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!