संगालोखबर

विराटनगर । विराटनगर हाटखोला स्थित आरोहण गुरुकुलमा जारी चौथो संस्करणको विद्यालय नाटक महोत्सवमा ‘छिमेकी’ नामक नाटक मञ्चन भएको छ ।

Advertisement

दिल्ली पब्लिक स्कुलका विद्यार्थीद्वारा अभिनीत ‘छिमेकी’ नामक नाटक आज मञ्चन भएको हो । गुरुप्रसाद मैनालीको कथामा आधारित उक्त नाटकलाई मयुरेस बर्माले निर्देशन गरेकी हुन् ।

नाटकको सहजिकरण लकेश दंगाले गरेका थिए । नाटकमा दिल्ली पब्लिकका विद्यार्थी शौम्या साह, मुकुल अग्रवाल, आराध्य रौनियार, हिमांशु भट्टराई, प्रियांशु प्रधानलगायतले अभिनय गरेका थिए ।

भोलि महोत्सवको चौथो दिन आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरूले तयार पारेको ‘भविष्य निर्माण’ नामक नाटक मञ्चन हुनेछ । महोत्सव भदौ ३१ गतेसम्म चल्नेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!