संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दशैं अगाडि चारवटा नगरबस सञ्चालन गर्ने बताएका छन् । नेकपा एमाले मोरङले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मेयर कोइरालाले यस्तो बताएका हुन् ।

उनले यसको लागि तयारी थाल्ने उल्लेख गरे । एमाले मोरङले ६ बुँदे ध्यानाकर्षण पत्र मेयर कोइरालालाई बुझाएको छ । निर्वाचित भएको २ वर्ष ५ महिना भइसक्दा पनि महानगरले विकास निर्माणका सवालमा अपेक्षित काम गर्न नसकेको एमाले मोरङको उल्लेख गरेको छ ।

Advertisement

पछिल्लो समय मेयर कोइराला अन्य स्थानीय तह, सरकार विरुद्ध पार्टीले शुरु गरेको विरोधका कार्यक्रम लगायतमा सहभागि हुन थालेपछि ध्यानाकर्षण पत्र बुझाएको एमाले मोरङले जनाएको छ ।

सडक निर्माण, ढल निकास, स्वास्थ्य, शिक्षा र अन्य पूर्वाधार सम्बन्धी मुद्दाहरूमा ध्यान केन्द्रीत गर्न एमाले मोरङले आग्रह गरेको छ । महानगरसँग ठोस, प्रभावकारी एवम् दीर्घकालीन योजनामा कमि भएको पाइएपछि ध्यानाकर्षण पत्र बुझाइएको एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले बताए ।

ध्यानाकर्षण पत्र बुझ्दै महानगर प्रमुख कोइरालालाई विकास निर्माणका कामका आवश्यक बजेटको अभाव भएको बताए । ध्यानाकर्षण पत्रमा उल्लेख भएका विषयहरूलाई सम्बोधन गर्न प्रतिबद्ध रहेको मेयर कोइरालाले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!