संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । झापा र मोरङबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । आइतबार साँझ झापा गाउँपालिका-४ ग्रामथानबाट शिवसताक्षी नगरपालिका-३ का २१ बर्षीय थरेन्द्र गुरुङ २ ग्राम ५९ मिलीग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले प्र १-०१-०१७ प १७९८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ब्राउन सुगरसहित गुरुङलाई पक्राउ गरेको हो ।

Advertisement

यस्तै दमक नगरपालिका-४ का २३ वर्षीय सुरज धिमाल प्रतिबन्धित औषधी नाइट्रोभेट ४ सय २० पिससहित पक्राउ परेका छन् । उनलाई रतुवामाई नगरपालिका-२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!