संगालोखबर


विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मोरङले पार्टीका ज्येष्ठ सदस्यहरूलाई सम्मान गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको उपस्थितिमा ८० वर्षमाथिका १७५ जना ज्येष्ठ सदस्यहरूलाई सम्मान गरेको हो ।

सोही क्रममा विभिन्न पार्टी परित्याग गरेर राप्रपामा प्रवेश गरेका दुई सय जनालाई लिङ्देनले स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले समाजमा सामाजिक सदभाव कायम राख्न एवं जनताको भरोसा योग्य पार्टी बनाउन ज्येष्ठ सदस्यहरूको ठूलो योगदान रहेको उल्लेख गरे ।

Advertisement

देश बनाउन र मुलुकलाई समृद्ध बनाउन पार्टीले सङ्कल्प लिएको उनले बताए । पार्टीको मुख्य उद्देश्य देश र धर्म जोगाउनु भएको अध्यक्ष लिङ्देनले बताए । पार्टीलाई शक्तिशाली बनाउन गाउँ गाउँमा सङ्गठन विस्तार गर्नु पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा पार्टीका महामन्त्री प्रल्हादप्रसाद साह र मोरङ अध्यक्ष गोपाल कटुवालले आगामी निर्वाचनमा पार्टीको नेतृत्वमा सरकार गठन गर्नका लागि अहिलेदेखि नै गृहकार्य थाल्नुपर्ने बताएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!