विराटनगर । विराटनगरस्थित प्रदेश सभा नजिक अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीसहितको टोलीलाई प्रहरीले बल प्रयोग गरेर हटाएको छ । कार्कीसहितका एक दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले अनशनस्थलबाट हटाएको हो ।
सो क्रममा अनशनरत पक्ष र प्रहरीबीच केही समय घम्साघम्सी भएको छ । आन्दोलनरत पक्षले प्रदर्शन गरिरहेकाले सो क्षेत्र अहिले तनावपूर्ण बनेको छ ।