संगालोखबर

विराटनगर । प्रदेश सभा नजिक अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीसहितको टोलीलाई प्रहरीले बल प्रयोग गरेर हटाएको भएपनि कार्की फेरि अनशन बस्न देवकोटा चोक आइपुगेका छन् ।

Advertisement

निषेधित क्षेत्रमा अनशन बसेको टोलीलाई प्रहरीले बल प्रयोग गरेर हटाई पूर्वमुख्यमन्त्री कार्कीलाई उनको घर पुर्‍याएर छोडेको थियो । घर पुर्याए लगत्तै कार्की पुनः फर्किएर देवकोटा चोक आई अनशन बसेका छन् ।

उनीसहित केही नेता कार्यकर्ता अहिले निषेधित क्षेत्र बाहिर अनशन बसिरहेका छन् । अहिले सो क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । प्रदेशसभा तर्फ जाने बाटोमा प्रवेश निषेध गरिएको छ । अनशनरत पक्षले प्रदर्शन जारी राखेका छन् ।

यसअघि हटाउने क्रममा अनशनरत पक्ष र प्रहरीबीच घम्साघम्सी भएको थियो । सो क्रममा प्रहरीले करिब ४० जना नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!