संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-५ नयाँ टोलमा करेन्ट लागेर पतिपत्नीको मृत्यु भएको छ । आज बिहान विद्युतीय मोटर चलाएर कल पेल्ने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको हो ।

भारत भागलपुर घर भएर बुढीगंगा-५ मा बस्दै आएका ७५ वर्षीय कैलाश मण्डल र उनकी पत्नी ७२ वर्षीय कुमादेवी मण्डलको मृत्यु भएको हो ।

Advertisement

उनीहरूले बुढीगंगा-५ मा देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर खेतीपाती गर्दै आएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

‘विद्युत सर्ट भएर करेन्ट लागेको हुनसक्छ’, डीएसपी बस्नेतले संगालोखबरसँग भने, ‘दुवै जनाको बिहान ११ः५० बजे तिर करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बाँकी कुरा थप अनुसन्धानबाट खुल्छ ।’

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय नेमुवाको टोली घटना स्थलमा पुगिसकेको छ । शवलाई पोष्टमार्टमका लागि कोशी अस्पताल पठाउने तयारी भइरहेको बस्नेतले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!