संगालोखबर


विराटनगर । नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशन स्थलमा पुगेका छन् ।

पार्टीका कोशी प्रदेश सभापति तथा पूर्वमुख्यमन्त्री समेत रहेका थापाले अनशन स्थलमा पुगेर अवस्था बुझेका हुन् । अनशनरत कार्कीले सरकारले आफूले राखेका माग सम्बोधन गरेमात्र अनशन छाड्ने थापालाई जानकारी गराएका छन् ।

Advertisement

कार्कीले भने, ‘रहरले अनशन बसेको हैन । मेरो लागि पनि हैन । जनताका लागि बसेको हुँ । पार्टीको दलको नेताको हैसियतले सरकारसँग सहमति गराउनुभयो भने अनशन त छाडिहाल्छु नी । तर जनताको पक्षमा निर्णय हुनुपर्यो ।’

कार्कीसँगको भेट पछि पत्रकारसँग कुरा गर्दै थापाले समस्या समाधानको बाटोतर्फ लाग्नुपर्ने बताए । उनले भने, ‘उहाँले पहिला नै दलमा आएर छलफल गर्नुभएको भए हुन्थ्यो । सल्लाह गरेर नै निर्णय गर्नुभएको भए दलले जिम्बेवारी लिनुपर्थ्यो । आन्दोलन संस्थागत भएन । तर समाधानको बाटोतर्फ लाग्नुपर्छ ।’

कार्यदल बनाएर कार्कीले राखेका कुराहरूको अध्ययन गर्ने थापाले बताए । ‘सरकारले बजेट घटाएको या उहाँले स्टन गर्न खोज्नुभएको हो छलफलपछि थाहा हुन्छ’, थापाले भने ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!