संगालोखबर


विराटनगर । मोरङको कटहरी गाउँपालिका-१ स्थित कृषि थोक बजार केन्द्रमा कोशी प्रदेशकै पहिलो कृषि एक्स्पो सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिले आयोजना गरेको एक्स्पोको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभारम्भ गरेका हुन् ।

एक्स्पोमा कृषि तथा पशुपन्छीसम्बन्धी सरकारी कार्यालयको स्टलदेखि निजी क्षेत्रले उत्पादन गरेका कृषि उपकरण र किसानका उत्पादनसहितको एक सय ३० वटा स्टल रहेका छन् ।

Advertisement

मुलुकको आर्थिक विकासको मुख्य स्रोतका रूपमा रहेको कृषि क्षेत्रलाई अघि बढाउन एक्स्पो सफल हुने आयोजक जनाएको छ । महासङ्घका अध्यक्ष राजेन्द्र राउतले किसानको व्यापक सहभागिताले कृषि एक्स्पो सफल हुने बताए ।

कृषि एक्स्पोले किसानलाई आकर्षित गर्ने अध्यक्ष राउतले बताए । एक्स्पोले कृषि व्यापारका साथै लगानीका अवसरहरू पहिचान, अन्वेषण गर्न देशव्यापी रूपमा ठूलो सञ्जाल निर्माण गर्ने लक्ष्य लिइएको छ । एक्स्पो भदौ ३० गतेसम्म सञ्चालन हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!