संगालोखबर


विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्रकुमार राईले पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशनमा समर्थन जनाएका छन् ।

अनशनरत स्थलमा पुगेका राईले कार्कीले उठाएका मागहरू जायज भएका कारण आन्दोलनमा पार्टीले समर्थन गरेको बताए ।
सरकारले अहिले नै माग पूरा गर्न सक्दैन भने पनि वार्तामा आएर समाधान खोज्नतर्फ लाग्नुपर्ने उनले बताए ।

Advertisement

‘अनशन भनेको आन्दोलनको सबैभन्दा शान्तिपूर्ण रूप हो’, उनले भने, ‘मध्यरातमा प्रहरीले उठाएर लग्नु लोकतन्त्रको उपहास भएको छ । हाम्रो दलको तर्फबट माग र अनशनलाई पूर्ण समर्थन छ ।’

सरकारले चाँडो वार्ता गरेर समस्याको समाधान गर्नुपर्ने उनले बताए । यसले सरकारको बेइज्जत भइरहेकाले बेलैमा सरकारले सोच्नुपर्ने उनले उल्लेख गरे ।

‘उहाँले जनता र विकासका लागि आन्दोलन गर्नुभएको हो’, राईले भने, ‘हामी फोन सम्पर्कका माध्यमबाट भएपनि सरकारलाई घच्घच्याउँछौँ । सरकारको यसले बेइज्जत भएको छ । सरकारलाई हामी खबरदारी गर्छौँ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!