धनकुटामा विद्यालयस्तरीय क्रिकेटः शितलादेवी र गोकुण्डेश्वर विजयी

धनकुटामा विद्यालयस्तरीय क्रिकेटः शितलादेवी र गोकुण्डेश्वर विजयी

धनकुटा । धनकुटामा भएको अन्तर–विद्यालय महिला तथा पुरुष टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पुरुषतर्फको खेलमा शितलादेवी माध्यमिक विद्यालय पाख्रीबासले उपाधि हात पारेको छ । बालसंसार आवासीय माविलाई १४७ रनले पराजित गर्दै शितलादेवीले उपाधि हात पारेको हो । धनकुटाको तल्लो टुँडिखेलमा भएको फाइनल खेलमा शितलादेवीले प्रस्तुत गरेको १८२ रनको लक्ष्य बालसंसारले निर्धारित २० ओभरमध्ये १० ओभरमा अलआउट हुँदै ३४ रनमा सी...
पार्टीलाई एकताबद्ध बनाएर अघि लैजान्छौंः धनकुटा एमाले अध्यक्ष लिम्बु

पार्टीलाई एकताबद्ध बनाएर अघि लैजान्छौंः धनकुटा एमाले अध्यक्ष लिम्बु

धनकुटा । नेकपा (एमाले) जिल्ला कमिटी धनकुटाका नवनिर्वाचित अध्यक्ष शिव आङला लिम्बुले पार्टीलाई एकताबद्ध बनाएर अघि लैजाने प्रतिबद्धता जनाएका छन् । आज पार्टीद्वारा सदरमुकाममा धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। पार्टीको अधिवेशनका क्रममा आ–आफ्नै हिसाबले प्रतिस्पर्धा गरे पनि आगामी दिनमा विजयी र पराजय भएका उम्मेदवारसहित सबैसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने उनल...
धनकुटामा कृषि–औद्योगिक मेलाः १ करोड ८० लाखको कारोबार

धनकुटामा कृषि–औद्योगिक मेलाः १ करोड ८० लाखको कारोबार

धनकुटा । धनकुटामा भएको प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवं फुड फेष्टिबलमा १ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । बिहीबार सम्पन्न भएको औद्योगिक मेला नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको सहयोगमा सञ्चालन भएको हो । ‘स्वदेशी उत्पादनको प्रयोग गरौँ, आत्मनिर्भरतातर्फ अग्रसर बनौँ’ भन्ने नाराका साथ आयोजित मेलामा घरेलु उत्पादन, स्थानीय, खानाक...
धनकुटाबाट प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताका लागि चारजना छानिए

धनकुटाबाट प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताका लागि चारजना छानिए

धनकुटा । प्रदेशस्तरीय वुद्धिचाल प्रतियोगिताका लागि धनकुटाबाट चारजना छनौट भएका छन् । बुधबार र बिहीबार धनकुटामा भएको खेलबाट फाइनलमा पुगेका २ महिला र २ पुरुष खेलाडी छनोट भएका हुन् । प्रतियोगिताबाट १५ वर्षभन्दा मुनिका खेलाडी छनौट गरिएको हो । आगामी जेठ ३०, ३१ र ३२ गते पोखरामा सञ्चालन हुने बुद्धिचाल प्रतियोगिताका लागि धनकुटामा खेलाडी छनोट सकिएको छ । छनोट भएकामा पुरुषतर्पm आयान श्रेष्ठ र मिल्सन राई तथ...
धनकुटाको पाख्रीवासमा निःशुल्क स्वास्थ्य शिविर हुने

धनकुटाको पाख्रीवासमा निःशुल्क स्वास्थ्य शिविर हुने

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–४ स्थित जालपादेवी माध्यमिक विद्यालय परिसरमा जेठ १८ गते निःशुल्क स्वास्थ्य जाँच शिविर हुने भएको छ । युनिभर्सल यूथ ग्रुपको प्रविधिक सहयोग र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त संस्था धनकुटाको आयोजनामा शिविर सञ्चालन गर्न लागिएको हो । शिविरमा पाठेघर क्यान्सर, स्तन क्यान्सर, निःसन्तान, सेतो पानी बग्ने, र महिनावारी गडबढी जस्ता महिलामा देखिने समस्याहरुको पहिचान गरी उ...
आयोजकलाई हराउँदै सल्हेश युथ क्लबले जित्यो रारा गोल्डकपको उपाधि

आयोजकलाई हराउँदै सल्हेश युथ क्लबले जित्यो रारा गोल्डकपको उपाधि

धनकुटा । धनकुटाको राजारानीमा सम्पन्न ११औं रारा गोल्डकपको उपाधि सिरहाको सल्हेश युथ क्लबले जितेको छ । चौबिसे गाउँपालिका–६ स्थित पुण्य माविको खेल मैदानमा भएको फाइनलमा आयोजक रारा क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सिरहाले उपाधि हात पारेको हो । खेलको २५औँ मिनेटमा राराका प्रदिप भण्डारीले पहिलो गोल गरेका थिए । ५५औँ मिनेटमा सल्हेशका खेलाडी फागुराम थारुले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्...
प्रिन्सिपल एसोसिएसन धनकुटाको अध्यक्षमा राई

प्रिन्सिपल एसोसिएसन धनकुटाको अध्यक्षमा राई

धनकुटा । प्रिन्सिपल एसोसिएसन अफ नेपाल धनकुटाको नवगठित समितिको अध्यक्षमा गोविन्द राई निर्वाचित भएका छन् । एसोसिएसन जिल्ला अधिवेशनबाट राईको अध्यक्षतामा २५ सदस्यीय समिति गठन भएको हो । समितिको उपाध्यक्षमा जीवनकुमारी राई, सचिवमा विनोदप्रसाद सुवेदी, सहसचिवमा बिनोद वस्ती चुनिएका छन् । यस्तै, कोषाध्यक्षमा भरत लिम्बु छन् । प्रिन्सिपल एसोसिएसन अफ नेपाल कुनै पनि राजनैतिक संगठन नभएको र यसले विद्यालयमा सुधा...
धनकुटामा जिल्लास्तरीय अन्डर–१५ बुद्धिचाल प्रतियोगिता सुरू

धनकुटामा जिल्लास्तरीय अन्डर–१५ बुद्धिचाल प्रतियोगिता सुरू

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित वडा कार्यालयमा जिल्लास्तरीय अन्डर–१५ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला बुद्धिचाल संघ धनकुटाको संयोजनमा बुधबार प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले गरेका थिए । त्यस अवसरमा उनले खेलले विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने बताए । पौडेलले बुद्धिचाल पनि व्याव...
धनकुटाको सल्लेरी बनमा लागेको आगो नियन्त्रणमा

धनकुटाको सल्लेरी बनमा लागेको आगो नियन्त्रणमा

धनकुटा । सदरमुकाम धनकुटा नगरपालिका–६, स्थित सल्लेरी बनमा भएको आगलागी नियन्त्रणमा आएको छ । बन क्षेत्रमा दिउँसो करिब २ बजेबाट सुरु भएको आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको हो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर धनकुटा नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रण लिइएको हो । आगलागी कसरी भएको हो भन्ने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाए...
धनकुटाको सल्लेरी बन क्षेत्रमा आगलागी, निभाउने प्रयास जारी

धनकुटाको सल्लेरी बन क्षेत्रमा आगलागी, निभाउने प्रयास जारी

धनकुटा । धनकुटा नगरपालिका–६ मा पर्ने सल्लेरी बन क्षेत्रमा आगलागी भइरहेको छ । आँखा अस्पतालभन्दा अलि मास्तिरको क्षेत्रमा आगलागी भएको हो । दमकल प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको छ । नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाउने प्रयासमा लागिरहेका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
प्रेस युनियनद्वारा पत्रकार महासंघ धनकुटा शाखामा तालाबन्दी

प्रेस युनियनद्वारा पत्रकार महासंघ धनकुटा शाखामा तालाबन्दी

धनकुटा । नेपाल प्रेस युनियन धनकुटाले नेपाल पत्रकार महासंघको शाखा कार्यालयमा ताला लगाएको छ । सदस्यता शुद्धीकरणको नाममा भेदभाव भएको भन्दै युनियनले बुधवार महासंघ अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको हो । महासंघको विधानअनुसार जिल्ला शाखाले पत्रकारका जिल्लास्थित संघ, संगठनसँग भएको सहमतिमा सर्वसम्मत रुपमा केन्द्रमा नवीकरण र नयाँ सदस्यता सिफारिसका लागि पठाएको सूचीलाई बेवास्ता गरिएको युनियनको आरोप छ ।...
रारा गोल्डकपको उपाधिका लागि सिरहा र आयोजक भिड्दै

रारा गोल्डकपको उपाधिका लागि सिरहा र आयोजक भिड्दै

धनकुटा । धनकुटाको राजारानीमा जारी ११औँ रारा गोल्डकपको उपाधि कसले हात पार्छ भन्ने टुंगो बुधबार लाग्दैछ । प्रतियोगिताको फाइनल खेलमा सिरहाको सलहेश युथ क्लब र आयोजक रारा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । चौबिसे गाउँपालिका–६ राजारानीस्थित पुण्य माविको खेलमैदानमा दिउँसो २ बजे दुवै टिम उपाधि कब्जा गर्ने लक्ष्यसहित उत्रँदैछन् । उपाधि जित्ने टिमले ५ लाख रुपैयाँसहित ट्रफी हात पार्नेछ । साबिक विजेता सल...
रारा गोल्डकपः सलहेश क्लब सिरहा फाइनलमा

रारा गोल्डकपः सलहेश क्लब सिरहा फाइनलमा

धनकुटा । सलहेश युथ क्लब सिरहा धनकुटाको राजारानीमा जारी ११औँ रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा बिर्तामोड युनाइटेड क्लब झापालाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै साबिक विजेता सलहेश युथ क्लब उपाधि नजिक पुगेको हो । चौबिसे गाउँपालिका–६ राजारानीस्थित मैदानमा भएको खेलको ३२औं मिनेटमा सलहेशका आदित्य शाक्यले गोल गरेका थिए । त्यस्तै, खेलको ६२ औ...
धनकुटाको सहिदभूमिका कृषकलाई मौरीपालन तालिम

धनकुटाको सहिदभूमिका कृषकलाई मौरीपालन तालिम

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–७ मा मौरीपालन तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा हेरिटेज टेक्निकल ट्रेनिङ एण्ड रिसर्च इन्स्टिच्युट धरानको आयोजनामा ७ दिने आधारभूत तालिम सम्पन्न भएको हो । ‘उन्नत सीप सिकौँ, सफल व्यवसायी बनौँ’ भन्ने नाराका साथ तालिम आयोजना गरिएको थियो । तालिममा २५ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक रोशन बजगाईँले जानकारी दिए । तालिममा आधुनिक घारमा मौरी पाल...
धनकुटामा ट्याक्टर दुर्घटना: एकजनाको मृत्यु, १९ घाइते (अपडेट)

धनकुटामा ट्याक्टर दुर्घटना: एकजनाको मृत्यु, १९ घाइते (अपडेट)

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–४, पाथीभरा डाँडानजिक भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका चारजना घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । अन्य घाइतेको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । सिधुवाबाट मलामी लिएर त्रिवेणी घाटतर्फ जा...
रारा गोल्डकपः आयोजक रारा फुटबल क्लब उपाधिनजिक

रारा गोल्डकपः आयोजक रारा फुटबल क्लब उपाधिनजिक

धनकुटा । आयोजक रारा फुटबल क्लब धनकुटाको राजारानीमा जारी ११औँ रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ । सोमवार भएको पहिलो सेमिफाइनल खेलमा मोरङको डाँगीहाट युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै आयोजक उपाधिनजिक पुगेको हो । चौबिसे गाउँपालिका–६ राजारानीस्थित पुण्य माविको खेलमैदानमा भएकोे खेलमा आयोजकले घरेलु दर्शकको राम्रो साथ पाएको थियो । खेलको ३६औँ मिनेटमा राराका शिशिर लेखीले गोल गरी...
धनकुटाको तेलियामा मलामी बोकेको ट्याक्टर दुर्घटना

धनकुटाको तेलियामा मलामी बोकेको ट्याक्टर दुर्घटना

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तेलियामा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको छ । सोमबार अपराह्न भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भइसकेको छैन । दुर्घटनामा १५ जना घाइते भएको प्रारम्भिक अनुमान छ । प्रहरीले घाइतेहरुको उद्धार गरी अस्पताल पुर्याउने काम भइरहेको जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ...
एमाले धनकुटाका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

एमाले धनकुटाका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

धनकुटा । नेकपा (एमाले) धनकुटाका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । सोमबार धनकुटा नगरपालिका–७ स्थित श्रीवनीमा रहेको एमाले पार्टी कार्यालयमा पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् । सोमबार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष शिव आङ्ला लगायत पदाधिकारीहरुले पदभार ग्रहण गरेका थिए । त्यसपछि अध्यक्ष आङ्ला, उपाध्यक्ष चिन्तन तामाङ, सचिब पर्शुराम नेपाल, उपसचिव नैन विश्वकर्मा र...
रारा गोल्डकपः पहिलो सेमिफाइनलमा मोरङ र आयोजक भिड्दै

रारा गोल्डकपः पहिलो सेमिफाइनलमा मोरङ र आयोजक भिड्दै

धनकुटा । धनकुटाको राजारानीमा जारी ११औँ रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार पहिलो सेमिफाइनलमा डाँगीहाट युथ क्लब मोरङ र आयोजक रारा फुटबल क्लब भिड्दै छन् । यी दुवै टिम फाइनलमा पुग्ने लक्ष्यसाथ चौबिसे गाउँपालिका–६ स्थित पुण्य माविको खेल मैदानमा दिउँसो ३ बजे उत्रँदैछन् । धनकुटाको डाँडाबजार युथ क्लबलाई ५–१ गोलले पराजित गर्दै डाँगीहाट सेमिफाइनलमा पुगेको हो । यस्तै, भोजपुर फुटबल क्लबलाई ३–२ ग...
नेकपा (एमाले) धनकुटाको अध्यक्षमा शिव आङ्ला लिम्बु निर्वाचित

नेकपा (एमाले) धनकुटाको अध्यक्षमा शिव आङ्ला लिम्बु निर्वाचित

धनकुटा । नेकपा (एमाले) धनकुटा जिल्ला अध्यक्षमा शिव आङ्ला लिम्बु निर्वाचित भएका छन् । जिल्ला कमिटी पदाधिकारीमा उनीसहितको प्यानलै निर्वाचित भएको छ । सदस्यमा पनि अधिकांश उनको प्यानलकै निर्वाचित भएका छन् । सोमबार बिहान सकिएको मतगणनाको अन्तिम नतिजाअनुसार लिम्बु ३१४ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी रहेका निरेन तामाङले २०७ मत प्राप्त गरे । यसैगरी, उपाध्यक्ष पदमा चिन्...
धनकुटामा एमालेको नेतृत्व चयन गर्न मतदान सुरू

धनकुटामा एमालेको नेतृत्व चयन गर्न मतदान सुरू

धनकुटा । नेकपा (एमाले) धनकुटा जिल्ला कमिटीको आठौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि मतदान सुरु भएको छ । धनकुटा नगरपालिका–६ स्थित सामुदायिक भवनमा मतदान सुरु भएको हो । अध्यक्ष, उपाध्यक्ष, सचिव र महिला एकसहित दुई उपसचिव र सदस्यहरु चयन गर्न मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । लेखा समितिका ७ जनासहित ५५ सदस्य सर्वसम्मतत चयन भएपछि पदाधिकारी र ३५ जना सदस्यका लागि मतदान भइरहेको हो । अधिवेश...
रारा गोल्डकपः सिरहाको सलहेश युथ क्लब सेमिफाइनलमा

रारा गोल्डकपः सिरहाको सलहेश युथ क्लब सेमिफाइनलमा

धनकुटा । धनकुटाको राजारानीमा जारी ११औँ संस्करण रारा गोल्डकपअन्तर्गत आइतबार भएको खेलमा विजयी हुँदै सिरहाको सल्हेश युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । चौबिसे गाउँपालिका–६ स्थित पुण्य मावि राजारानीको खेलमैदानमा भएको खेलमा सुनसरीको गोल्डेन स्टारलाई १ का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै सल्हेश सेमिफाइनलमा प्रवेश गरको हो । पहिलो हाफको ८ मिनटमा सल्हेश युथ क्लबका जर्सी नम्बर १४ का खेलाडी अर्मन विज...
धनकुटा एमाले अधिवेशनः नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा

धनकुटा एमाले अधिवेशनः नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा

धनकुटा । नेकपा (एमाले) धनकुटाको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । पार्टीको आठौं जिल्ला अधिवेशनको आइतबार दोस्रो दिन कार्यसमिति चयनका लागि मतदान हुने भएको हो । अधिवेशनको शनिबार उद्घाटन भएको थियो । जिल्ला अध्यक्ष पदका लागि निरेन तामाङ र शिव आङ्ला लिम्बु चुनावी मैदानमा उत्रिएका छन् । यसैगरी, उपाध्यक्ष पदका लागि चिन्तन तामाङ र मनोज राई उम्मेद्वार छन् । सचिव पदमा पर्शुराम नेपाल र शेरबहादुर लिम...
रारा गोल्डकपमा आज सिरहा र सुनसरी भिड्दै

रारा गोल्डकपमा आज सिरहा र सुनसरी भिड्दै

धनकुटा । धनकुटाको राजारानीमा जारी ११औँ संस्करणको रारा गोल्डकप अन्तर्गत आइतबार सिरहाको सलहेश युथ क्लब र सुनसरी गोल्डेन स्टार युथ क्लबबीच खेल हुँदैछ । खेल चौबिसे गाउँपालिकाको राजारानीस्थित पुण्य माविको खेलमैदानमा ३ बजे सुरु हुनेछ । सलहेश र गोल्डेन स्टार बीचको यो पहिलो चरणको अन्तिम खेल हो । प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेल सोमबार डाँगीहाट युथ क्लब मोरङ र आयोजक रारा फुटबल क्लबबीच हुनेछ । दो...
रारा गोल्डकपः भोजपुरलाई हराउँदै आयोजक सेमिफाइनलमा

रारा गोल्डकपः भोजपुरलाई हराउँदै आयोजक सेमिफाइनलमा

धनकुटा । आयोजक रारा फुटबल क्लब धनकुटाको राजारानीमा जारीे रारा गोल्डकप फुटबल प्रयिोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको तेस्रो खेलमा भोजपुर फुटबल क्लबलाई ३–२ गोलले पराजित गर्दै आयोजक क्लबले अन्तिम चारमा स्थान बनाएको हो । खेलको १९औँ र ४८औँ मिनटमा भोजपुर फुटबल क्लबका निशान लिम्बूले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ६६औँ मिनटमा राराका ग्लोरीले गोल गर्दै खेल २–१ गोलको अवस्थामा पुर्याए ...
गोर्खा रारा गोल्डकपः बिर्तामोड सेमिफाइनलमा

गोर्खा रारा गोल्डकपः बिर्तामोड सेमिफाइनलमा

धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब धनकुटाको राजारानीमा जारी ११औँ गोर्खा रारा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा रियल स्टार युथ क्लब हेटौंडालाई ४–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको हो । चौबिसे गाउँपालिका–६ स्थित पुण्य माविको खेल मैदानमा भएको खेलको दोस्रो मिनटमै बिर्तामोडका जर्सी नम्बर ९ का आशीष चापागाईँले ...
धनकुटाको चौबिसेमा रारा गोल्डकप सुरु, डाँगीहाटको विजयी सुरुवात

धनकुटाको चौबिसेमा रारा गोल्डकप सुरु, डाँगीहाटको विजयी सुरुवात

धनकुटा । धनकुटाको चौबिसेमा सुरु भएको ११औँ गोर्खा रारा फुटबल प्रतियोगितामा मोरङको डाँगीहाट फुटबल क्लबले विजयी सुरुवात गरेको छ । बिहिवार भएको उद्घाटन खेलमा डाँडाबजार एफसी धनकुटालाई ५–१ ले पराजित गर्दै डाँगीहाट सेमिफाइनलमा प्रवेश गरेको हो । चौबिसे गाउँपालिका–६ स्थित पुण्य माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिताको उद्घाटन चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले गरेका थिए । डाँगीहाटका जर्...
धनकुटा, मोरङ र झापाका ८ जना लागूऔषधसहित पक्राउ

धनकुटा, मोरङ र झापाका ८ जना लागूऔषधसहित पक्राउ

विराटनगर । धनकुटा, मोरङ, झापा र उदयपुरका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट ठूलो परिमाणमा गाँजालगायत लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । धनकुटाको सहिदभूमि गाउँपालिका–५ का २१ वर्षीय सन्देश राईलाई एक किलो ७०० ग्राम गाँजासहित प्रहरीले बुधबार पक्राउ गरेको हो । आँखिसल्लास्थित प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्या...
धनकुटामा प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी तथा कृषि मेला सुरू

धनकुटामा प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी तथा कृषि मेला सुरू

धनकुटा । धनकुटामा बुधबारदेखि प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवं फुड फेष्टिबल–२०८१ सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राममा मेला आयोजना गरेको हो । मेलाको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पानसका दीप प्रज्वलन तथा रिवन काटेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले धनकुटामा एक सय शैय्याको अस्प...
धनकुटामा आजदेखि औद्योगिक प्रदर्शनी तथा कृषि मेला सुरु हुँदै

धनकुटामा आजदेखि औद्योगिक प्रदर्शनी तथा कृषि मेला सुरु हुँदै

धनकुटा । धनकुटामा आजदेखि कोशी प्रदेश स्तरीय औद्योगिक प्रदर्शनी तथा कृषि मेला सुरु हुँदैछ । घरेलु तथा कृषि उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाले मेला आयोजना गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिउँसो १ बजे मेला उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजक संस्थाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए । धनकुटा-६ स्थित औद्योगिक ग्...
धनकुटाको महालक्ष्मीमा निःशुल्क स्वास्थ्य शिविर

धनकुटाको महालक्ष्मीमा निःशुल्क स्वास्थ्य शिविर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सोमबार नगरपालिकाले वडा नम्बर १ र ८ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा वडा नम्बर १ मा ७१ जना र वडा नम्बर ८ मा ८३ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा आङ खस्ने, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिनुका साथै परिवार योजनाका साधन सेवालगायतका बारेमा समेत ...
error: Content is protected !!