धनकुटा । आजबाट माध्यमिक शिक्षा परीक्षा सुरु भएको छ । आज अनिवार्य अंग्रेजी, संस्कृत, अरेविक, संस्कृत भाषा र साहित्य विषयको परीक्षा भएको छ ।
धनकुटामा यस वर्ष दुई हजार पाँच सय ३५ जना परीक्षार्थी एसइईमा सहभागि भएका छन् । जसमा साधारण धारतर्फ नियमित दुई हजार एक सय २९ र ग्रेडबृद्धि दुई सय ८७ सहित दुई हजार चार सय १६ जना परीक्षार्थी सहभागि छन् ।
यस्तै प्राविधिक धारतर्फ नियमित एक सय चार र ग्रेडबृद्धि १५ सहित एक सय १९ तथा खुल्ला परीक्षार्थी ११ जना सहभागि छन् । धनकुटामा ११ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
परीक्षा संचालनका लागि ११ केन्द्राध्यक्ष, २० सहायक केन्द्राध्यक्ष, एक सय २७ निरीक्षक, २५ परीक्षा सहायक, सहयोगी ५० र एक सय ६५ सुरक्षाकर्मीसहित तीन सय ९८ जना जनशक्ति परिचालन गरिएको छ ।
तस्बिर : सन्तोष सुवेदी/संगालोखबर