धनकुटा । धनकुटामा युद्धकवि तथा लेखक काङमाङ नरेश राईले एकल कविता वाचन गरेका छन् । आइतबार मिसन पोएट्री धनकुटाको आयोजनामा कवि राईले एकल कविता वाचन गरेका हुन् ।
कवि राईले ‘११ औं सम्झनामा बाँचेको म’, ‘फर्केर आउ’, ‘जेट पिलेनमै गयो होला’, ‘आँशु जस्तै छ युद्ध’, ‘युद्ध भूमिबाट सम्झना’, ‘रित्तो सपना’, ‘अन्तिम सङ्घर्ष’ ‘रिपोर्ट’, ‘भोगाई’ लगायत शीर्षका दर्जनबढी कविता वाचन गरेका थिए ।
भोजपुरमा जन्मेका राईका ९ वटा कृति प्रकाशन भइसकेका छन् भने पाँच वटा प्रतिष्ठित पुरस्कारबाट पनि पुरस्कृत भइसकेका छन् । लुकेर रहेका प्रतिभालाई शसक्त माध्यमबाट उजागर गर्न यी र यस्ता साहित्यिक कार्यक्रमको आयोजना गर्ने गरिएको कवि मुकुन्द प्रयासले बताए ।