संगालोखबर

धनकुटा । स्वतन्त्र विद्यार्थी युनियन धनकुटा बहुमुखी क्याम्पसको अध्यक्षमा अनेरास्ववियुका युवा तिम्सिना सर्वसम्मत भएका छन् । सहमतिपछि एकल उम्मेद्वारी परेका कारण तिम्सिना स्ववियु अध्यक्षमा निर्वाचित हुने निश्चित भएको हो ।

Advertisement

चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज उम्मेद्वारी मनोनयन दर्ताको समय तोकिएको थियो । संगठनहरुवीचको सहमतिपछि धनकुटा क्याम्पसको स्ववियुमा अध्यक्षसहित सबै पदमा एकल उम्मेद्वारी परेको छ ।

पाँच पदाधिकारीसहित १९ वटै पदमा एकल उम्मेद्वारी परेको धनकुटा बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेतले जानकारी दिए । ‘सबै पदमा एकल उम्मेद्वारी परेकाले सर्वसम्मत निर्वाचित हुने निश्चित भएको छ,’ क्याम्पस प्रमुख बस्नेतले संगालोखबरसँग भने, ‘निर्वाचन प्रकृया चैत ५ गते पुरा हुन्छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!