मोरङको सुन्दरहरैँचा बस्दै आएका धनकुटाका दुई बालिका मृत भेटिए
विराटनगर । मोरङको सुन्दरहरैँचामा आज दुईजना बालिका मृत अवस्थामा भेटिएका छन् । सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको केराघारीभित्र दिदीबहिनी मृत भेटिएका हुन् ।
धनकुटाको पाख्रिबास नगरपालिका–४ घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू ३ वर्षीया आइका र १ वर्षीया अर्पणा मृत भेटिएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले उनीहरूलाई केराघारीमा मृत अवस्थामा देखेर प्रहरीमा खबर गरेका थिए ।
अर्जुनकी श्रीमती २९...






























