सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) मा चाँडै कर्मचारी पदपूर्ती गर्ने बताएका छन् । बुधबार नार्क अन्तरगत रहेका कार्यालयको अनुगमन गर्न धनकुटा आइपुगेका मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

Advertisement

उनले नार्क अहिले विषम परिस्थितिमा रहेकाले आवश्यक काम तीब्र गतिमा अगाडि बढाउने विश्वास दिलाए । मन्त्री अधिकारीले अहिलेकै अवस्थामा पनि सेवाग्राहीलाई राम्रो सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

‘कार्यलयमा कर्मचारीको अभाव हुँदा अनुसन्धानसँगै सेवाग्राही पनि समस्या भोग्नुपरेको छ’, मन्त्री अधिकारीले भने, ‘अब यो समस्या धेरै समयसम्म रहँदैन । आवश्यक वैज्ञानिक र कर्मचारी जतिसक्दो चाँडो पदपूर्ति गर्न आवश्यक कदम अगाडि बढ्छ ।’

मन्त्री अधिकारीले धनकुटामा रहेको राष्ट्रिय कृषि अनुसन्धान केन्द्र पाख्रीबास, राष्ट्रिय बङ्गुर अनुसन्धान कार्यक्रम, राष्ट्रिय व्यवसायीका अनुसन्धान कार्यक्रय तथा राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपात्लेको अनुगमन गरेका थिए ।

अनुगमनको क्रममा सबै कार्यलयका प्रमुखले कार्यलयको अवस्था तथा अहिलेसम्म भएका प्रगति बारे मन्त्री अधिकारीलाई जानकारी गराएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!