धनकुटा । धनकुटामा हर्षोल्लासका साथ फागु पूर्णिमा अर्थात होली पर्व मनाइएको छ । आज बिहानैदेखि विभिन्न कार्यक्रमको आयोजना गरेर होली मनाइएको हो ।
हाम्रो बहुमुखी पाठशाला, सिटी जेसिस र भीमसेन थानमा बौद्धिक विकास समाजको आयोजनामा होली मिलन कार्यक्रम आयोजना गरिएको छ । विभिन्न चौकमा होली विशेष सांस्कृतिक कार्यक्रमसँगै शुभकामना आदान-प्रदान भइरहेको छ ।
धनकुटाको एभोकाडो पार्क, मदन चोक लगायतका स्थानमा विभिन्न खेलको आयोजना गरेर होलीलाई थप विशेष बनाइएको थियो । होलीमा बालबालिकादेखि वृद्धवृद्धासमेतले रङ्ग दलेर खुसी साटासाट गरेका छन् ।
तस्बिर : सन्तोष सुवेदी/संगालोखबर