सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । पत्रकारिता क्षेत्रको सबलीकरणका लागि पत्रकार नै जिम्मेवार हुनुपर्ने स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । बिहीबार नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिले धनकुटामा आयोजना गरेको पत्रकारिता क्षेत्रको सबलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।

स्थानीय तहको भूमिकाबारे छलफल कार्यक्रममा सहभागि जनप्रतिनिधिहरूले नीति निर्माण, कानुनी संरचना तथा पत्रकारिता क्षेत्रमा देखिएका अवसर तथा चुनौतीहरूको बारेमा अध्ययन गरिरहेको बताए ।

Advertisement

कार्यक्रममा बोल्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पछिल्लो समय युट्युब र सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएका बताए । जसले समग्र पत्रकारिता क्षेत्रमा समस्या निम्त्याएको उनले उल्लेख गरे । युट्युबरले जनप्रतिनिधिहरूलाई अनावश्यक दुःख दिने गरेको उनले उल्लेख गरे ।

सूचना प्रकाशन नभइ पालिकामा बिल आउँदा स्थानीय मिडिया पछाडि परेको बताउँदै उनले सबै मिलेर त्यसको निवारण गर्नुपर्ने नगर प्रमुख तामाङले बताए । पछिल्लो समय पत्रकारिता पेशाबाट नै पत्रकार विस्थापित हुँदै गएकाले यसतर्फ पनि ध्यान दिन आवश्यक रहेको उनको भनाइ थियो ।

यस्तै, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले पछिल्लो समय सञ्चार मध्यममा शीर्षक अनुसार बजेट विनियोजन गर्ने गरेको बताए । पत्रकारिता क्षेत्र विषम परिस्थितिमा गुज्रिरहेको बताउँदै उनले पत्रकारले निष्पक्ष भएर समाचार लेख्नुपर्नेमा जोड दिए ।

महालक्ष्मी नगरपालिकाका उप-प्रमुख मञ्जु अधिकारी कार्की र साँगुरीगढी गाउँपालिका मुना राईले धनकुटाका पत्रकारहरूसँग सधै सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्य तथा नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाको समन्वयमा कार्यक्रम भएको हो ।

पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष विदुर खवासले कार्यपत्र प्रस्तुत गर्दै धनकुटाका सञ्चारमाध्यमको अवस्थाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि र पत्रकारसहित सरोकारवाला निकायका व्यक्तिहरूको उपस्थिति थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!