संगालोखबर
फाइल तस्बिर

झापा । हावाहुरीका कारण झापाका विभिन्न स्थानमा क्षति भएको छ । गएरातिको हुरीले कतिपय क्षेत्रमा बिजुलीका खम्बा ढालेको छ । केही स्थानमा घरका छाना समेत उडाएको जनाइएको छ । बिजुलीको खम्बा ढलेपछि मेचीनगरको धुलाबारी, धाइजन, र काँकरभिट्टा तथा आसपास क्षेत्रमा विद्युत् प्रवाह अवरुद्ध बनेको छ ।

हुरीले चारआलीको पाउ पाथीभरा मन्दिर नजिक राजमार्गमा सखुवाको रूख ढाल्दा एउटा कारमा क्षति पुगेको छ । चारआलीबाट बिर्तामोड आइरहेको बागमती प्रदेश ०१९०२३ च ५०९३ नम्बरको कारमा क्षति भएको हो । कारमा सवार यात्रु सकुशल छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हुरीका कारण मानवीय क्षति भने भएको छैन । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!