संगालोखबर

झापा । झापामा अवैध कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–४ दहिझोडा बस्ने ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बे छन् । उनलाई एक थान अवैध कटुवा पेस्तोल सहित मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो । 

Advertisement

घरमा हतियार लुकाएर राखेको छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । घर खानतलासी गर्ने क्रममा कुखुराको खोरमा प्लास्टिकमा पोको पारी लुकाएर राखेको अवस्थामा प्रहरीले पेस्तोल फेला पारेको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!