संगालोखबर
सांकेतिक तस्वीर

झापा । झापाको कनकाई नगरपालिकामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी इलामकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

कनकाई–१ मा बस्दै आएकी इलामकी ४१ वर्षीया उमादेवी चापागाईंको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई साउन १७ गते दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको को ३८ प ५३६८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

Advertisement

दुर्घटनापछि मोटरसाइकल चालक मोरङ पथरीशनिश्चरे–४ का ४० वर्षीय दुर्गाप्रसाद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!