झापा । सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । झापाको गौरीगञ्ज गाउँपालिका-२ का ३३ वर्षीय महेश राजवंशीको करेन्ट लागेर मृत्यु भएको हो ।

सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत सर्ट भएर राजवंशीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका उनको दमकस्थित लाइफलाइन अस्पताल पुर्‍याउन साथ मृत्यु भएको थियो ।

Advertisement

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!