संगालोखबर
फाइल तस्बिर

झापा । नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारिक नाका फूलबारी–बङ्गलाबन्घु नाका खुलेको छ । नाका खुला भएसँगै अब पूर्वी नेपालको काँकडभिट्टा नाका हुँदै बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ ।  

नाका खुलेसँगै काँकडभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेशतर्फ  जान थालेका छन् । यसैगरी, बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आउन थालेका छन् ।

Advertisement

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशमा अन्तरिम सरकार गठन भएसँगै बङ्गलादेशसँगको आयात निर्यातमा सहज हुन थालेको हो ।

उक्त कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ४६ करोड ३१ लाख ८९ हजार सामग्री बङ्गलादेश निर्यात भएको थियो । यस्तै, तीन अर्ब ८३ करोड ६८ लाख २२ हजार बराबरको सामग्री त्यहाँबाट आयात भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!