संगालोखबर

झापा । हत्या मुद्दामा जन्मकैद सजाय पाएर फरार रहेका पाँचथरका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको च्याङथापु घर भइ झापाको दमक–१० बस्दै आएका ३३ वर्षीय सुजन बेघा छन् । प्रहरीका अनुसार २०६७ जेठ २९ गते उनले स्थानीय खगेन्द्र राईलाई कुटपिट गरेका थिए । उपचारका क्रममा राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार १४ गते मृत्यु भएको थियो ।

Advertisement

प्रहरीले अनुसन्धान गरी मुद्दा अघि बढाएको थियो । सर्वोच्च अदालतले २०७५ वैशाख २ गते बेघालाई जन्म कैद हुने फैसला गरेको थियो । बेघा फरार रहँदै आएका थिए । प्रहरीले उनको खोजी गरिरहेको थियो । त्यस क्रममा काठमाडौँको कीर्तिपुरबाट उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!