संगालोखबर
सांकेतिक तस्वीर

झापा । झापाको शिवसताक्षीमा एक पुरुषले खुकुरीले प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । शिवसताक्षी नगरपालिका–८ शिवालय टोलका ४७ वर्षीय ओमप्रकाश अधिकारीले श्रीमती ४२ वर्षीया रञ्जना गौतम अधिकारीको गएराति हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादका बढ्दै गएपछि श्रीमतीलाई खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट जानकारी भएको प्रहरीले उल्लेख गरेको छ । रञ्जनाको घटनास्थलमै मृत्यु भएको थियो । खुकुरी प्रहारले उनको शरीरका विभिन्न भागमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

Advertisement

ओमप्रकाशलाई हत्यामा प्रयोग भएको खुकुरीसहित पक्राउ गरिएको उल्लेख गर्दै प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!