झापा । उपचारका लागि अस्पताल लगिएका झापाका एक थुनुवा फरार भएका छन् । पेट दुख्ने समस्या भएपछि उपचार गर्न बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएका इलाका प्रहरी कार्यालय अनारमनीका थुनुवा हतकडी फुकालेर भागेका हुन् ।

Advertisement

दमक–३ भुटानी शरणार्थी सेक्टर जी–३ का २५ वर्षीय विशाल राई फरार भएका हुन् । उनलाई मङ्गलबार पेट दुख्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । 

उनलाई भदौ २ गते बिर्तामोडबाट पक्राउ गरिएको थियो । उनको साबाट खैरो हिरोइन बरामद भएको थियो । फरार रहेको उनको इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक प्रकाश विष्ट नेतृत्वको टोलीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!