संगालोखबर


झापा । झापामा अस्पतालबाट कैदी फरार भएपछि चार सदस्यीय छानबिन समिति गठन गरिएको छ । जबरजस्ती करणी मुद्दाका कैदी फरार भएपछि झापाका सहायक जिल्ला अधिकारी विश्वराज नेपालको संयोजकत्वमा समिति गठन गरिएको हो ।

भद्रपुर नगरपालिका-५ घर भएका २४ वर्षीय जीवन साह गत शनिबार राति प्रहरीलाई झुक्याएर ओमसाई पाथिभरा अस्पतालबाट फरार भएका थिए ।

Advertisement

झापा जिल्ला अदालतले साहलाई १६ वर्षीया बालिकालाई जबरजस्ती करणी मुद्दाको आरोपमा पुर्पक्षका लागि गत भदौ ५ गते झापा कारागारमा चलान गरेको थियो ।

छातिमा समस्या भएपछि साहलाई भदौ २५ गते मेची प्रादेशिक अस्पताल भद्रपुर लागिएको मा ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो ।

उनी शौचालय जाने बहानामा फरार भएका थिए । प्रहरी सहायक हवल्दार धनेश्वर यादव, प्रहरी जवानद्वय दिपेन मण्डल र सामकुमार राई साहको सुरक्षामा खटिएका थिए ।

सो घटनाको छानबिनको लागि सहायक प्रमुख जिल्ला अधिकारी नेपालसहित जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान कार्यालय र जिल्ला कारागार झापाका प्रमुख सदस्य रहनेगरी समिति गठन गरिएको हो ।

यसअघि पनि इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काएर  फरार भएका थिए । उनी फरार भएको चारदिन पछि पुनः पक्राउ परेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!