संगालोखबर

झापा । झापाको बिर्तामोडमा मोटरसाइकल चोर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका–३ स्थित मेची आँखा अस्पताल अगाडि पार्किङ गरी राखिएको मोटरसाइकल चोर्ने प्रयास गर्दागर्दै एक व्यक्ति पक्राउ परेका हुन् ।

Advertisement

अस्पताल अगाडि पार्किङ गरिएको प्रदेश १–०१–०१४प २२० नम्बरको मोटरसाइकल चोर्दै गर्दा हिजो साँझ इलामको पशुपतिनगरका २५ वर्षीय दिलबहादुर राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले ‘लक’ तोडेर मोटरसाइकल लैजान खोजेका थिए । बिर्ताबजारस्थित प्रहरी चौकीको टोलीले राईलाई पक्राउ गरी कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!