संगालोखबर

झापा । झापाको अर्जुनधारा नगरपालिका–७ स्थित एक पसलबाट सामान चोरी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ परेकाहरूको साथबाट चोरी भएको सामानसहित भरुवा बन्दुक बरामद गरिएको छ ।

Advertisement

उनीहरूले स्थानीय इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलमा ताला फुटाएर चोरी गरेको प्रहरीले जनाएको छ । शनिश्चरेस्थित प्रहरी चौकीबाट खटिएको टोलीले अर्जुनधारा–४ का आदित्य लिम्बू, छिरिङ तामाङ र निखिल तामाङलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट चाँदीको सिक्री–२ थान, नेपाल टेलिकमको ५० रुपैयाँ दरको रिचार्ज कार्ड १९ थान, चाँदीको औठी २ थान, चाँदीको पाउजु २ थान र एनसेल कम्पनीको ५० रुपैयाँ दरको रिचार्ज कार्ड ५ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!