संगालोखबर

झापा । बिर्तामोडस्थित प्रभु बैङ्कको शाखाबाट करोडभन्दा बढी रकम गायब भएको विषयमा बैङ्कले आफ्नो धारणा सार्वजनिक गरेको छ । त्यसअनुसार स्थानीय मञ्जुकुमारी नेपालको मुद्दती खातामा राखिएको भनिएको रकमसम्बन्धी कागजात नक्कली रहेको बैङ्कको भनाइ छ ।

Advertisement

मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेन्ट नक्कली रहेको प्रभु बैङ्कले जनाएको छ । बैङ्कका कोशी प्रदेश प्रमुख बद्री कटुवालले विज्ञप्ति जारी गर्दै उक्त मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेन्ट बैङ्कबाट जारी गरिएको नभइ नक्कली रहेको जनाएका हुन् ।

कटुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त व्यहोरा प्रारम्भिक रुपमा देखिन आएकोले सो सम्बन्धमा थप छानविन भैरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषी उपर कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।’

बैङ्कमा जम्मा गरिएको एक करोड १९ लाख रुपैयाँबाट एक करोड १० लाख रुपैयाँ मुद्दती खातामा जम्मा गरिएको र त्यसको म्याद सकिएपछि रकम फिर्ता लिन जाँदा बैङ्कमा रकम नै नभएको पाइएको नेपालको भनाइ छ ।

उक्त कारोबारको हिसाब राखेका बैङ्कका मार्केटिङ म्यानेजर प्रमोद सिटौला गत बुधबारदेखि सम्पर्कविहीन बनेका छन् । रकम जम्मा गर्ने नेपालका तर्फबाट रकम गायब पारिएको भन्दै प्रहरीमा उजुरी दिइएको छ ।

प्रभु बैङ्कको बिर्तामोड शाखाबाट करोडभन्दा बढी रकम गायब भएपछि…

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!