संगालोखबर

झापा । झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका–१३ कालिझोडामा गएराति मोटरसाइकल दुर्घटना भएको हो ।

Advertisement

प्रहरीका अनुसार बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे ६ प ८३२० नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । मोटरसाइकलको ठक्करले घाइते भएका पैदलयात्री पुरुषलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार मेचीनगर–९ का २९ वर्षीय मन्दिप मेचे र सोही ठाउँका २५ वर्षीय सागर मेचे समेत घाइते भएका थिए । उनीहरूलाई पनि उपचारका लागि सोही अस्पतालमा लगिएकोमा सागरको आज दिउँसो उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!