संगालोखबर

झापा । झापाको दमकबाट पेस्तोलसहित एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका–५ बाट आज बिहान दमक–८ का ३६ वर्षीय सञ्जीव गजमेर पक्राउ परेका हुन् ।

Advertisement

को ३८ प ५६४९ नम्बरको स्कुटरमा आइरहेका गजमेरलाई इलाका प्रहरी कार्यालय दमकको टोलीले रोकेर जाँच गर्ने क्रममा पेस्तोल भेटिएको थियो । उनको साथबाट पेस्तोलको दुईथान म्यागजिन पनि बरामद भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!