संगालोखबर


विराटनगर । झापाको अर्जुनधारा नगरपालिका-९ मा पूजाको प्रसाद खाँदा बिरामी परेका मध्ये ५२ जना डिस्चार्ज भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय रीता निरौलाको घरमा पूजाको प्रसाद खाँदा ५९ जना बिरामी परेका थिए ।

जसमध्ये ५२ जनाको डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय झापाले संगालोखबरलाई जानकारी दिएको छ । अन्य सात जनाको उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।

Advertisement

वडा नम्बर ९ का वडाध्यक्ष भीष्म मिश्रका अनुसार मङ्गलबार निरौलाको घरमा पूजा लगाइएको थियो । सोही पूजाको प्रसाद खाँदा बाहिरबाट आएका पाहुना र स्थानीय बिरामी परेका थिए ।

वडाध्यक्ष मिश्रले संगालोखबरसँग भने, ‘रोटी मात्र खानेलाई केही भएन । तरकारी र अचार खानेलाई समस्या देखियो । अहिले उहाँहरूको अवस्था सामान्य छ ।’

प्रसाद खाएकाहरूलाई झाडापखाला, बान्ता र ज्वरोको समस्या देखिएको उनले बताए । केही बिरामीको स्थानीय नगर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको मिश्रले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!