धनकुटाका ढुंगानालाई आर्थिक सहयोग जुट्ने क्रम बढ्दै, एकैदिन डेढ लाख प्रदान
धनकुटा । १५ महिना अघिदेखि ओछ्यान परेका धनकुटाका बोधराज ढुंगानालाई आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । मेरुदण्डमा पलाएको ट्यूमर र नसा च्यापिने समस्याको अप्रेशन गराउँदा पनि सुधार नभई ओछ्यान परेका ढुंगानालाई सहयोग गर्नेको संख्या बढ्दै गएको हो ।
चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपाका ४० बर्षीय ढुंगाना अहिले धनकुटाको मदनचौकमा कोठा भाडामा बस्दै आएका छन् । जिल्ला अस्पतालमा सुरक्षागार्ड बसेर श्रीमतिसहि...































