संगालोखबर

विराटनगर । वर्षायाम सुरु हुँदैछ । मनसुनको मुख्य अवधि सुरु हुनुभन्दा पहिले हाल ‘प्रि–मनसुन’ को अवस्था छ । यस बेला विभिन्न स्थानमा वर्षा भइरहेको छ । वर्षासँगै हावाहुरी र चट्याङ पनि पर्ने गर्छ । चट्याङले हरेक वर्ष धनजनको क्षति हुने गरेको छ ।

Advertisement

निश्चित कुराहरु पालना गर्न सके चट्याङबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ । यसका लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सूचनामूलक सन्देश जारी गरेको छ ।

पानी पर्ने र चट्याङ पर्न सक्ने संकेतका रुपमा आकाशमा गड्याङगुडुङको आवाज आउने गर्छ । यस्तो बेलामा घर बाहिर भएको अवस्थामा अग्लो र एक्लो रुखमा ओत लाग्नु हुँदैन । साथै, यस्तो बेला खोला, नदी र पोखरीमा पौडने, माछा मार्ने जस्ता काम गर्नु हुँदैन ।

यसैगरी, चट्याङ पर्ने संकेत पाएपछि खुला मैदानमा पनि रहनु हुँदैन । यस्तो बेलामा कुनै पनि खाले धातुको तारको नजिक बस्नु हुँदैन ।

यसका साथै मैदानमा लमतन्न परेर सुत्ने वा खेल्ने गर्नु हुँदैन । खुला मैदानमा रहेको अवस्थामा दुई घुँडाबीच टाउको लुकाएर टुक्रुक्क बस्नुपर्छ । कुनै खेलमा सहभागी भइरहेको अवस्थामा चट्याङ पर्ने अवस्था भए तत्काल बन्द गर्नुपर्छ । मानिसहरुको समूह रहने मेला, हाटबजारमा बस्नु हुँदैन ।

जंगलमा भएको अवस्थामा त्यहाँ रहेका स-साना रुखका बीचमा बस्ने गर्दा चट्याङबाट बच्न सकिन्छ । चट्याङ गरेका बेला टिभी, कम्प्युटर, फ्रिज, वासिङ मेसिन जस्ता उपकरण प्रयोग गर्नु हुँदैन । गड्याङगुडुङ सुरु भइ चट्याङ पर्ने संकेत पाएपछि सकेसम्म घर बाहिर निस्कनु हुँदैन ।

त्यस्तो बेला धारामा नुहाउने, लुगा धुने वा भााडा माझ्ने जस्ता काम गर्नु हुँदैन । घरभित्र हुँदा झ्याल ढोका बन्द गरी घरको भित्ताबाट टाढै बस्ने गर्नुपर्छ । यसैगरी, यस्तो अवस्थामा केबुल र एन्टेनाका तारहरु सम्बन्धित उपकरणबाट छुटाउनुपर्छ । कुनै पनि विद्युतीय सामग्रीका तारहरु प्लगबाट छुटाउनुपर्छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!