सहिदभूमिबाट सात बोरा गाँजासहित एक जना पक्राउ

सहिदभूमिबाट सात बोरा गाँजासहित एक जना पक्राउ

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाबाट एक सय पाँच किलो गाँजासहित एक जना पक्राउ परेका छन् । बुधबार राति सहिदभूमि-१ का २६ वर्षीय अभिषेक विकलाई प्रहरीले पक्राउ गरेको हो । को १ ह ९१३३ नम्बरको अटोमा सात वटा बोरामा प्याक गरेर रातमाटेतर्फ लैजाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको धनकुटा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको गस्ती टोलीले पक्राउ...
धनकुटामा सहिद प्रकाश थापा स्मृति कप भलिबल प्रतियोगिता सुरु

धनकुटामा सहिद प्रकाश थापा स्मृति कप भलिबल प्रतियोगिता सुरु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-१ घंगरुमा अन्तरपालिका खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सहिद प्रकाश थापा स्मृति ट्रष्टको आयोजना तथा गाउँपालिकाको सहयोगमा बुधबारबाट पाँचौँ संस्करणको प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले उद्‌घाटन गरेका थिए । उद्घाटन खेलमा आयोजकलाई साँगुरीगढी गाउँपालिकाले १५-२५, २५-१८, २५-२० र २६-२४ ले हराउँदै पहिलो ...
‘पेट त पाल्न पर्‍यो–हामीलाई भिख माग्ने परिचय पत्र कि रोजगारी चाहियो’ 

‘पेट त पाल्न पर्‍यो–हामीलाई भिख माग्ने परिचय पत्र कि रोजगारी चाहियो’ 

विराटनगर । भारतको जोगवनीबाट सामान ल्याएर पसल-पसलमा बेच्दै गुजारा चलाउँदै आएका अपाङ्गता भएका व्यक्तिहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै दुई महिनादेखि सामान ल्याउन नदिएका कारण घरपरिवार चलाउन धौ-धौ भएको भन्दै आन्दोलनको चेतावनी दिएका हुन् । आफूहरूले बाध्यताका बावजुत ट्राइसाइकल पेलेर आफ्नै लगानीमा सामान ल्याएर बेच्ने गरेको तर अहिले ल्याउन नदिँदा समस्या भएको बत...
इटहरीको सेन्ट्रल प्लाजाको आगलागी करिब ६ घण्टापछि नियन्त्रणमा

इटहरीको सेन्ट्रल प्लाजाको आगलागी करिब ६ घण्टापछि नियन्त्रणमा

विराटनगर । इटहरीको सेन्ट्रल प्लाजामा भएको आगलागी करिब ६ घण्टापछि नियन्त्रणमा आएको छ । आज बिहान करिब ९ः३० बजेबाट सुरु भएको आगलागी दिउँसो ३ः३० बजे नियन्त्रणमा आएको सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । आगलागीमा पसेका ११ जनाको नेपाली सेनाको हेलिकोप्टर र सुरक्षाकर्मीको टोलीले उद्धार गरेको थियो । इटहरीका व्यावसायी राजेश श्रेष्ठको उक्त प्लाजामा होटल बरन्डासहित एउटा सिनेमा हल सञ्चालनमा थियो...
इटहरीको सेन्ट्रल प्लाजाको आगलागी नियन्त्रणको प्रयास जारी

इटहरीको सेन्ट्रल प्लाजाको आगलागी नियन्त्रणको प्रयास जारी

विराटनगर । सुनसरीको इटहरीमा रहेको ९ तले व्यापारिक भवन सेन्ट्रल प्लाजाको आगलागी अझै नियन्त्रणमा आएको छैन । आज बिहान ९ः३० बजेबाट सुरु भएको आगो नियन्त्रणको प्रयास जारी छ । पूर्णरूपमा आगो नियन्त्रणमा आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि १२ वटा दमकल प्रयोग गरिएको छ । आगलागीमा पसेकाहरूलाई सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । इटहरी उपमहानगरपालिका-६ मा रहेको सेन्टर प्लाजाको प...
सुनसरीमा सिटी सफारीबाट करेन्ट लाग्दा बालिकाको मृत्यु

सुनसरीमा सिटी सफारीबाट करेन्ट लाग्दा बालिकाको मृत्यु

विराटनगर । सुनसरीमा चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लाग्दा एक बालिकाको मृत्यु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका-६ साहु टोलका सुदीप साह की तीन वर्षीया छोरी चन्दाको मृत्यु भएको हो । छिमेकीको घरमा चार्जमा राखिएको सिटी सफारीमा खेल्ने क्रममा अचानक करेन्ट लाग्दा बालिका घाइते भएकी थिइन् । उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमक...
इटहरीको सेन्ट्रल प्लाजाको आगलागीमा फसेकाको हेलिकोप्टरबाट उद्धार गरिँदै

इटहरीको सेन्ट्रल प्लाजाको आगलागीमा फसेकाको हेलिकोप्टरबाट उद्धार गरिँदै

विराटनगर । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्ट्रल प्लाजामा भएको आगलागीमा फसेकाहरूको उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको छ । नेपाली सेनाको हेलिकोप्टर परिचालन गरेर आगलागीमा फसेकाहरूको उद्धार गरिँदैछ । आगलागीमा पसेका ११ जना मध्ये ९ जनाको उद्धार भइसकेको र बाँकी २ जनाको उद्धार कार्य जारी रहेको जनाइएको छ । इटहरी उपमहानगरपालिका-६ मा रहेको सेन्ट्रल प्लाजाको पाँचौँ तलामा आगो लागेको हो । उक्त...
इटहरीको ९ तले सेन्ट्रल प्लाजामा भीषण आगलागी

इटहरीको ९ तले सेन्ट्रल प्लाजामा भीषण आगलागी

सुनसरी । इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजामा भीषण आगलागी भएको छ । आज बिहान करिब ९ः३० बजेबाट सुरु भएको आगो अझै नियन्त्रण हुन सकेको छैन । आगो निभाउन आधा दर्जन बढी दमकलहरू खटिएका छन् । दमकलसँगै प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । ठूलो भवन भएकाले भित्रभित्रै आगो फैलँदा निभाउन समस्या भइरहेको छ । नौं तले सो भवनको पाँचौँ तलाबाट आगलागी सुरु भएको अनुमान गरिएको छ । छैटौ...
प्रदेश स्तरीय क्रिकेटको उद्घाटन खेलमा उदयपुर विजयी

प्रदेश स्तरीय क्रिकेटको उद्घाटन खेलमा उदयपुर विजयी

विराटनगर । कोशी प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगिको उद्घाटन खेलमा उदयपुर विजयी भएको छ । विराटनगर–१९ बैजनाथपुर क्रिकेट मैदानमा आजदेखि सुरु भएको प्रतियोगितामा इलामलाई २९ रनले हराउँदै उदयपुर विजयी भएको हो । पहिलो जितसँगै उदयपुरले दुई अंक जोडेको छ । ८६ रनको विजय लक्ष्य पछ्याएको इलामले १५.२ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो । इलामका श्याम यादवले २४ बलमा १४ रन बनाए । इलामका अन्य ब...
भेडेटारबाट १५ किलो गाँजासहित एक जना पक्राउ

भेडेटारबाट १५ किलो गाँजासहित एक जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट गाँजासहित एक जना पक्राउ परेका छन् । आज बिहान ११ः५० बजे इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले चेकजाँचका क्रममा सहिदभूमि गाउँपालिका-७ का ३२ वर्षीय चिरञ्जीवी राईलाई पक्राउ गरेको हो । उनी खाँदबारीबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ३८०४ नम्बरको बसमा जेब्रा झोलासहित गुठीटारबाट चढेका थिए । बसको सिटमुनि राखिएको झोला चेकजाँच गर्दा १५ किलो गाँजा भेट...
धनकुटाको जिरोपोइन्टमा आगलागी

धनकुटाको जिरोपोइन्टमा आगलागी

धनकुटा । धनकुटा नगरपालिका-७ जिरो पोइन्टमा आगलागी भएको छ । आज दिउँसो स्थानीय बालकृष्ण श्रेष्ठको टिनको छानो र बाँसको टाटी भएको गोठमा आगलागी भएको हो । प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरेपनि कारण खुल्न सकेको छैन । धनकुटा नगरपालिकाका दुई वटा दमकल र स्थानीयको सहयोगमा प्रहरीले पूर्णरूपमा आगो नियन्त्रणमा लिइसकेको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । ‘आगलागीबाट एउट...
साँगुरीगढीमा बैशाख १७ गतेदेखि डाँडाबजार गोल्डकप

साँगुरीगढीमा बैशाख १७ गतेदेखि डाँडाबजार गोल्डकप

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-५ स्थित डाँडाबजारमा आगामी बैशाख १७ गतेदेखि चौथो संस्करणको डाँडाबजार गोल्डकप हुने भएको छ । डाँडाबजार फुटबल क्लबको आयोजना तथा साँगुरीगढी गाउँपालिकाको सहयोग र जंगबहादुर थापा स्मृति कोष डाँडाबजार ब्रदरहुडको सह-प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । आज आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता डाँडाबजारको खेल मैदानमा हुने जनाएको छ । ‘डाँडाबजारको सान : खेलकुद त...
संखुवासभामा टेम्पो चोरी गरेर फरार भएका व्यक्ति कारागार चलान

संखुवासभामा टेम्पो चोरी गरेर फरार भएका व्यक्ति कारागार चलान

विराटनगर । संखुवासभामा टेम्पो चोरी गरेर फरार भएका एक व्यक्ति पक्राउ परेका छन् ।  खाँदबारी नगरपालिका-९ का १८ वर्षीय हरि मंग्रातीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको हो । मंग्रातीले गत भदौ ५ गते खाँदबारी नगरपालिका-८ विष्णेधारामा हिराधन राईले आफ्नै घरअगाडि पार्किङ गरेर राखेको को २ ह १५५० नम्बरको टेम्पो चोरी गरेको उजुरी परेको थियो । उनलाई जिल्ला अदालत संखुवासभाले गत मंसिर ९ गते तीन ...
प्रतिबन्धित लागूऔषधसहित पाँच जना पक्राउ

प्रतिबन्धित लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । उनीहरूलाई झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । झापाको भद्रपुर नगरपालिका-५ बाट चेकजाँचको क्रममा ९ ग्राम १ मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । मे ६ प ९९७७ नम्बरको मोटरसाइकलमा सवार  इलामको माई नगरपालिका-५ का ३३ वर्षीय भुपेन्द्र लावती र विर्तामोड-५ का २३ वर्षीय राजिब चौधरी प...
झापामा पत्नी मृत फेला, पति घाइते अवस्थामा भेटिए

झापामा पत्नी मृत फेला, पति घाइते अवस्थामा भेटिए

विराटनगर । झापामा पत्नी मृत र पति घाइते अवस्थामा फेला परेका छन् । ताप्लेजुङ घर भई कनकाई नगरपालिका-५ नारायणदल चोकमा डेरा गरी बस्ने अन्दाजी ४० वर्षीया मनिषा मंग्राती मृत भेटिएकी हुन भने उनका पति अन्दाजी ३९ वर्षीय लालबहादुर सार्की घाइते अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार करिब तीन महिनादेखि उनीहरू स्थानीय योगेन्द्र बस्यालको घरमा डेरा गरी बस्दै आएका थिए । आज बिहान करिब ७...
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज पनि सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला छ सय रुपैयाँले घटेको सुनको मूल्य आज दुई सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आइतबार सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अ...
यातायात कार्यालय विराटनगरबाट १२ जना विचौलिया पक्राउ

यातायात कार्यालय विराटनगरबाट १२ जना विचौलिया पक्राउ

विराटनगर । विराटनगर-४ खार्जी स्थित यातायात व्यवस्था कार्यालयबाट १२ जना विचौलिया पक्राउ परेका छन् । विभिन्न प्रलोभनमा पारेर सेवाग्राहीलाई ठगेको गुनासो आएपछि जिल्ला प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । विराटनगर-३ का ४१ वर्षीय सञ्जीव कोइराला, २४ वर्षीय राजेश खड्का, २५ वर्षीय गौरवकुमार माझी र ३७ वर्षीय राजु कोइराला पक्राउ परेका हुन् । यस्तै सुनसरीको दुहबी नगरपालिका-११ का २७ वर्षीय युवराज लम्साल, व...
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाउने निर्णय

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाउने निर्णय

विराटनगर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय भएकाे छ । आज साँझ बसेकाे मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेकाे बताइएकाे छ । सरकारले घिसिङलाई यसअघि पटकपटक स्पष्टीकरण सोध्दै आएको थियो ।
प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित

प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित

विराटनगर । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे निर्वाचित भएका छन् । विराटनगरमा आयोजित प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनले पाण्डेको नेतृत्वमा ९९ सदस्यीय केन्द्रिय कमिटी सर्वसम्मत निर्वाचित गरेको हो । उपाध्यक्ष द्वय पाण्डे र राजेश राईले अध्यक्षमा दावी गरेका थिए । बन्दसत्रमा राईले मन्तव्यमार्फत आफ्नो दावी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत अध्यक्ष बनेका हुन् । महाधिवेशनबाट उपाध्य...
धनकुटामा सुमो दुर्घटना हुँदा सात जना घाइते

धनकुटामा सुमो दुर्घटना हुँदा सात जना घाइते

विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ कार्कीछापमा सुमो दुर्घटना भएको छ । आज दिउँसो २ः३० बजे धरानबाट संखुवासभातर्फ जाँदै गरेको प्रदेश नं १-०२-००१ ज ४०६६ नम्बरको सुमो दुर्घटना भएको हो । दुर्घटनामा सात जना घाइते भएका इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायव निरीक्षक रमेश प्रधानले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार अगाडिको टायर पड्किएर सुमो दुर्घटनामा परेको हो । दुर्घटनामा संखुवासभा...
इलाममा बालिका बलात्कार प्रकरण : पीडकसहित चार जना पक्राउ

इलाममा बालिका बलात्कार प्रकरण : पीडकसहित चार जना पक्राउ

विराटनगर । इलाममा १३ वर्षीया बालिका बलात्कार प्रकरणमा चार जना पक्राउ परेका छन् । पीडितलाई अदालत जान रोक्ने उद्देश्यले तीन लाख रुपैयाँ दिएर घटना गुपचुप बनाउन खोज्ने पीडकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार बलात्कारमा संलग्न इलाम माई नगरपालिका-२ का २४ वर्षीय केशव गिरी र घटना मिलाउन खोज्ने उनका बुबा ५८ वर्षीय केदारनाथ गिरी, ४३ वर्षीय काका नारायण गिरी र छिमेकी ३८ वर्षीय तुलाधर...
पतिको हत्या आरोपमा पत्नी पक्राउ

पतिको हत्या आरोपमा पत्नी पक्राउ

विराटनगर । महोत्तरीमा पतिको हत्या गरेको आरोपमा पत्नी पक्राउ परेकी छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुरका शिवशंकर महतोको हत्या आरोपमा उनकै पत्नी सिर्जना महतो पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सिर्जनालाई पक्राउ गरेर घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको छ । गत शुक्रबार साँझ साढे ५ बजेतिर गौशाला नगरपालिका-८ को सागरनाथ वन विकास परियोजनाको जंगलमा शिवशंकरक...
ताप्लेजुङमा आगलागी हुँदा ६ लाखको क्षति

ताप्लेजुङमा आगलागी हुँदा ६ लाखको क्षति

विराटनगर । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-५ थुकिमाको सिङथाप टोलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । खोले पकाउने चुल्होबाट सल्किएको आगोले स्थानीय सन्तोष तामाङको काठ र जस्तापाताले बनेको दुई तले घर जलेर नष्ट भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आगलागीबाट घरभित्र राखिएको खाद्यान्न, सुनका गरगहना, ७० हजार नगद र अन्य सामग्री जलेका छन् ।हावाहुरीको समय भएकाले सावधानी अपनाएर आगो बाल्न...
कोशीका तीन जिल्लाबाट लागूऔषधसहित चार जना पक्राउ

कोशीका तीन जिल्लाबाट लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । झापा, मोरङ र उदयपुरबाट खटिएको प्रहरी टोलीले आइतबार प्रतिबन्धित लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरी टोलीले गौरीगञ्ज गाउँपालिका-१ भन्सार चोकबाट भारतको किसानगन्ज-२ का २३ वर्षीय सलमलाई पक्राउ गरेको छ । उनको साथबाट ४ ग्राम ५५ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरी...
सुनको मूल्य घट्यो, चाँदीको स्थिर

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

विराटनगर । आज पनि सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला नौ सय रुपैयाँले घटेको सुनको मूल्य आज छ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७३ हजार पाँच सय रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारो...
नेपालमा राजतन्त्र ब्युँताउने कुरा सम्भव छैन : महासचिव पोखरेल

नेपालमा राजतन्त्र ब्युँताउने कुरा सम्भव छैन : महासचिव पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्यको विश्लेषण नगरी भ्रमका पछि दौडन नहुने बताएका छन् । आज विराटनगरमा प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको उद्‌घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । हिजो देश कहाँ थियो र आज कहाँ छ भन्ने कुरा विश्लेषण नगरी लोकतन्त्र आएपछि देशमा केही भएको छैन भनेर छरिएको भ्रमका पछाडि लाग्न नहुने उनको भनाइ थियो । महासचिव पोखरेलले वर्तमान सरका...
मोरङको जहदामा स्कुल बस दुर्घटना हुँदा १२ जना विद्यार्थी घाइते

मोरङको जहदामा स्कुल बस दुर्घटना हुँदा १२ जना विद्यार्थी घाइते

विराटनगर । मोरङको जहदा गाउँपालिका-४ सिसौबारी स्थित भित्री सडकखण्डमा स्कुलबस दुर्घटना भएको छ । दुर्घटनामा १२ जना विद्यार्थी घाइते भएका छन् । आज बिहान करिब १०ः४५ बजे सु-प्रभा बोर्डिङ स्कुलको को २ ख ९५१७ नम्बरको बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा १० वर्षीय आर्यन हेमरन, ११ वर्षीय  रूपेश भलाटी, १० वर्षीय शंकर किस्कु, १० वर्षीय शिव किस्कु, ८ वर्षीय विष्णु मुर्मु, १२ वर्षीय रूपेश मर...
खोटाङका राई भक्तपुरमा मृत भेटिए, हत्याको आशङ्का

खोटाङका राई भक्तपुरमा मृत भेटिए, हत्याको आशङ्का

विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ घर भएका ६६ वर्षीय ओम प्रकाश राई भक्तपुरमा मृत भेटिएका छन् । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पोर्ट नजिक पार्किङ स्थलमा उनी मृत भेटिएका हुन् । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार उनको दाहिने कानको छेउ र टाउकोमा चोट लागेको छ । उनको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । उनी कवाडीको सामान सङ्कलन गर्ने व्यक्ति रहेको खुले...
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनको मूल्य घटेको छ । शुक्रबार तोलामा एक हजार रुपैयाँले घटेको सुनको मूल्य आज नौ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ९५ रुपैयाँमा कारोब...
आजबाट प्रेस चौतारीको महाधिवेशन, एमाले महासचिव पोखरेलले उद्‌घाटन गर्ने

आजबाट प्रेस चौतारीको महाधिवेशन, एमाले महासचिव पोखरेलले उद्‌घाटन गर्ने

विराटनगर । नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशन आजबाट सुरु हुँदैछ । विराटनगरको होटल मनास्लु इनमा तीन दिनसम्म चल्ने महाधिवेशनको उद्‌घाटन एमाले महासचिव शंखर पोखरेलले गर्नेछन् । यसअघि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गर्ने तयारी भएपनि ओली नआउने भएपछि पोखरेलले उद्‌घाटन गर्ने भएका हुन् । महाधिवेशनमा देशभरबाट ९ सय प्रतिनिधि विराटनगर आइपुगे...
सुनसरीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर । सुनसरीको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शनिबार इटहरी उपमहानगरपालिका-५ हिरा होटल अगाडि पहिचान नखुलेको सवारीसाधनले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो । प्रहरीका अनुसार अन्दाजी ३५/४० वर्षको मृतक पुरुषको पहिचान खुल्न बाँकी छ । कम्मर र टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए...
error: Content is protected !!