इटहरीमा खुकुरी प्रहार गरी युवकको हत्या

इटहरीमा खुकुरी प्रहार गरी युवकको हत्या

विराटनगर । सुनसरीको इटहरीमा खुकुरी प्रहार गरी एकजना युवकको हत्या भएको छ । आज साँझ इटहरी उपमहानगरपालिका-७ मा भएको घटनामा मृत्यु हुने स्थानीय २८ वर्षीय रामकुमार पण्डित छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार पुरानो रिसइबीका कारण स्थानीय ३३ वर्षीय उमेश चौधरीले पण्डितलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराल...
भेट्रान्स फुटबलः पूर्वेलीका दुवै टिम फाइनलमा

भेट्रान्स फुटबलः पूर्वेलीका दुवै टिम फाइनलमा

झापा । आयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै टिमले कम्तिमा ५५ ह...
विराटनगरको वाइआरसीसी मिल्स क्रिकेटको फाइलनमा

विराटनगरको वाइआरसीसी मिल्स क्रिकेटको फाइलनमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाइआरसीसी क्रिकेट क्लब फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आज शनिबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरकै एनविएससी क्रिकेट क्लबलाई ११६ रनले हराउँदै वाइआरसीसी फाइनलमा पुग्न सफल भएको हो । जितसँगै वाइआरसीसीले आइतबार हुने दोस्रो सेमिफाइनल खेलमा भारत विहारको कटिहार र विराटनगरको होराइजन क्रिकेट क्लबबीच हुने दोस्र...
न्यायिक समितिमा घरेलु हिंसा र जग्गासम्बन्धी उजुरी बढी

न्यायिक समितिमा घरेलु हिंसा र जग्गासम्बन्धी उजुरी बढी

विराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०८०–८१ को वैशाख मसान्तसम्म २४३ वटा उजुरी परेका छन् । तीमध्ये १६२ वटा उजुरीहरू फर्छयौट भएका छन् भने ८१ वटा मुद्दामा फैसला हुन बाँकी छ । स्थानीय सरकार सञ्चालन ऐन–२०४७ अनुसार न्यायिक समितिलाई दुई किसिमको अधिकार क्षेत्र निर्धारण गरिएको छ । न्यायिक समितिले ऐनको दफा ४७ (१) अन्तर्गत विवादको निरुपण गर्ने र ऐनको दफा ४७ (२) अन्तर्गत विवादको ...
नेपाली क्रिकेट टोलीले क्यानाडा र अमेरिकासँग खेल्ने

नेपाली क्रिकेट टोलीले क्यानाडा र अमेरिकासँग खेल्ने

विराटनगर । आइसिसी टी–२० विश्वकपमा सहभागी हुनुअघि नेपालले क्यानाडा र अमेरिकासँग अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट एसोसिएसन (क्यान) का अनुसार टेक्सासमा अमेरिका र क्यानाडासँग अभ्यास खेल खेल्ने भएको हो । नेपालले जेठ १४ (मे २७) मा क्यानाडा र जेठ १७ (मे ३०) मा अमेरिकासँग खेल्ने भएको हो । नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप जोरा प्रमुख ब्याटरको रूपमा छन...
सडकबाट कार खस्दा मकवानपुरमा दुईजनाको मृत्यु

सडकबाट कार खस्दा मकवानपुरमा दुईजनाको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान भएको कार दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो । ललितपुरबाट हेटौ...
सत्तामा पुगेपछि… (कविता)

सत्तामा पुगेपछि… (कविता)

सत्तामा पुगेपछि तिमी जब फस्छौ सत्तामोहको चक्रब्युहमा र थाल्छौ राज्यशक्तिकै हस्तमैथुन तब स्खलित हुन्छन् हाम्रा सपनाहरु ! सत्तामा पुगेपछि तिमी जब बोक्न थाल्छौ पदलोलुपताको भारी र बन्न खोज्छौ कुनै विदेशी एजेन्टको उत्तराधिकारी तब स्खलित हुन्छन् हाम्रा चाहनाहरु ! सत्तामा पुगेपछि... जब खुल्न थाल्छ तिम्रो खोक्रो राष्ट्रवादको नकाव र सुँघ्न बाध्य हुन्छौ तिमी अल्पमतको गन्ध तब देखाउन थाल्छौ...
विद्वानको साथ एक क्षण, अरुका लागि एक युग

विद्वानको साथ एक क्षण, अरुका लागि एक युग

जेठ ४ गते । धेरै वकिल साथीहरुको बीचमा, नेपाल वार एशोसिएसनको भवनबाट प्रा. डा. युवराज सँग्रौलाजी र म सँगै हिँडेर प्रज्ञा भवन कमलादीसम्म पुग्यौ । मौरीले रानोलाई घेराउ गरेजस्तो, उहाँको साथमा धेरैधेरै चेलाचेली, भाई बहिनीहरुले घेराउ गरी फोटो लिनुभयो । मैले पनि उभिएर साथ दिने मौका पाएँ । म बाहिरी आवरणमा भने कम देखिन मन पराउँदछु । हामीले बाटोभरी किन युवाहरु नेपालबाट विदेशतिर पलायन भइरहेका छन् ? विदेशमा...
सुनसरीका विपन्न २० परिवारलाई घर

सुनसरीका विपन्न २० परिवारलाई घर

सुनसरी । सुनसरीको गढी गाउँपालिका–२ झोराटोल औराबनीस्थित विपन्न परिवारका २० परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बस्तीमा निर्माण भएको भवन परिवारलाई हस्तान्तरण गरेकी हुन् । भूमिहीन दलित आदिवासी जनजाति तथा अति विपन्न परिवारहरूका लागि सुरक्षित भूमि (भूमिहीन परिवारलाई भूमिको स्वामित्व हस्तान्तरण गर्ने गरी) र सुरक्षित आवास निर्माण...
कारको ठक्करले जनकपुरमा पत्रकारको मृत्यु

कारको ठक्करले जनकपुरमा पत्रकारको मृत्यु

जनकपुरधाम । कारले ठक्कर दिँदा जनकपुरमा आज बिहान मोटरसाइकलमा सवार पत्रकारको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा ‘जनकपुर अनलाइन’ का पत्रकार ३२ वर्षीय शिवेन्द्र रोहिता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधामको थापाचोकमा बा२१च ३३४३ नम्बरको कारले रोहिता सवार प्रदेश२ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।...
विराटनगरमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु

विराटनगरमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु

विराटनगर । कोशी राजमार्गको विराटनगर–इटहरी खण्डमा आज बिहान भएको कार दुर्घटनामा एकजनाको मृत्यु भएको छ । विराटनगरको पिपल चोकनजिक भएको दुर्घटनामा कार चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । बरगाछीबाट उत्तरतिरको गन्तव्यका लागि जाँदै गरेको को २ च ३०३१ नम्बरको कार विराटनगर महानगरपालिका–२ पिपल चोकमा दुर्घटनामा भएको प्रहरीको भनाइ छ । दुर्घटनामा विराटनगर–५ का चालक ३८ वर्षीय राजेन्द्रप्रसाद यादव गम्भीर घा...
कोशी प्रदेशसहित देशभर १० महिनामा डढेलोका ५ हजारभन्दा बढी घटना

कोशी प्रदेशसहित देशभर १० महिनामा डढेलोका ५ हजारभन्दा बढी घटना

विराटनगर । १० महिनायता कोशी प्रदेशका विभिन्न जिल्लासहित देशभरि ५ हजार १३० वटा डढेलोका घटना भएको छ । वन तथा भू–संरक्षण विभागले सार्वजनिक गरेको ताजा तथ्यांकमा यो जानकारी दिइएको हो । कोशी प्रदेशका धनकुटा, भोजपुर, खोटाङ, इलाम, ओखलढुंगालगायत जिल्लामा बढी डढेलोका घटना भएका छन् । वन क्षेत्रको डढेलो आसपासका बस्तीसम्म पुग्दा आधा दर्जनभन्दा बढीको मृत्यु भएको छ । दर्जनौं घरमा क्षति पुगेको छ । विभागको तथ्...
विराटनगरमा भेटिए क्षयरोगका १९१ बिरामी

विराटनगरमा भेटिए क्षयरोगका १९१ बिरामी

विराटनगर । विराटनगर महानगरपालिमा क्षयरोगका १९१ जना बिरामी भेटिएका छन् । महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार महानगरका अधिकांश वडामा क्षयरोगी फेला परेका छन् । जनस्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत तुलसीप्रसाद गुरागाईंले मोरङमा १ हजार २३८ जनामा क्षयरोगको संक्रमण भेटिएको जानकारी दिएका छन् । एक तथ्यांकअनुसार विश्वका ३० देशमा सबैभन्दा क्षयरोगी छन् । सबैभन्दा बढी क्षयरोगी भएको मुलुकमा नेप...
झापामा चार तलामाथिबाट खसेर कामदारको मृत्यु

झापामा चार तलामाथिबाट खसेर कामदारको मृत्यु

झापा । घर निर्माणको काममा संलग्न एकजना कामदारको झापाको बिर्तामोडमा चारतले घरको छतबाट खसेर मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–१ का दिनेश मैनालीको घर निर्माण गर्ने क्रममा छतबाट खसेर भारतको बोतलबारी घर भएका २० वर्षीय चामाल हकको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएको थियो । उपचारका क्रममा त्यहीँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रादेशिक अस्पताल भद्रपु...
भेट्रान्स फुटबलः आयोजक पूर्वेली निलो फाइनलमा

भेट्रान्स फुटबलः आयोजक पूर्वेली निलो फाइनलमा

बिर्तामोड । आयोजक पूर्वेली युवा क्लब निलो झापाको बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा झापाको चन्द्रगढी भेट्रान्स एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक निलो उपाधिनजिक पुगेको हो । खेलको ४८ औँ मिनेटमा पूर्वेलीका चन्द्रकुमार गिरीले चन्द्रगढीका गोलकिप्पर डिब...
विराटनगर र कटिहार मिल्स क्रिकेटको सेमिफाइनलमा

विराटनगर र कटिहार मिल्स क्रिकेटको सेमिफाइनलमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाइआरसीसी र भारत विहारको कटिहार क्रिकेट क्लब सेमिफाइनलमा पुगेका छन् । विराटनगर सुनसरी क्रिकेट क्बललाई २२२ रनको फराकिलो अन्तर र कटिहार दिल्ली क्रिकेट क्लबलाई ३० रनले हराउँदै सेमिफाइनलमा पुगेका हुन् । विराटनगर जुटमिलको खेलमैदानमा आज शुक्रबार भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट ग...
धनकुटाको रारा गोल्डकपका लागि विमल घर्ती मगरको सहयोग

धनकुटाको रारा गोल्डकपका लागि विमल घर्ती मगरको सहयोग

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा हुने ११औं संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताका लागि नेपाली टिमका पूर्व राष्ट्रिय खेलाडी बिमल घर्ती मगरले सहयोग गरेका छन् । रारा फुटबल क्लब राजारानीको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि मगरले २० हजार रुपैयाँ सहयोग गरेका हुन् । मगर हाल अष्ट्रेलियामा व्यावसायिक फुटबल खेलिरहेका छन् । आगामी जेठ १० गतेबाट उक्त प्रतियोगिताका सञ्चालन हुँदैछ । विभिन्न ८ व...
कोशी प्रदेश सरकारमा कसलाई कुन मन्त्रालय ?

कोशी प्रदेश सरकारमा कसलाई कुन मन्त्रालय ?

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गरेका छन् । गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएर शपथ ग्रहण गरेलगत्तै कार्कीले दुईजना मन्त्री नियुक्त गरेका थिए । आज दुईजना राज्यमन्त्री सहित ७ जना थपिएका हुन् । थपिएका मन्त्री र राज्यमन्त्रीले आजै शपथ ग्रहण गरेका छन् । यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन हिक्मतकुमार कार्की मुख्यमन्त्री, कृषि, उध्योग तथा सहकारी ...
विभिन्न क्षेत्रमा योगदान दिने विराटनगरका चारजना पुरस्कृत

विभिन्न क्षेत्रमा योगदान दिने विराटनगरका चारजना पुरस्कृत

विराटनगर । विराटनगरमा संस्थागत विद्यालय सञ्चालनको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका कमला–राजबहादुर कुँवरको स्मृतिमा स्थापित पुरस्कार विभिन्न क्षेत्रका चारजना व्यक्तित्वलाई प्रदान गरिएको छ । आजा आयोजित कार्यक्रममा कमला–राजबहादुर कुँवर साहित्य पुरस्कार साहित्यकार प्रमोद प्रधानलाई प्रदान गरियो । उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । यस्तै, १५ हजार राशिको कमला–राजबहादुर कुँवर खेलकुद पुरस्कार...
विराटनगरमा २ सय ५० जना विद्यार्थीलाई छात्रवृत्ति

विराटनगरमा २ सय ५० जना विद्यार्थीलाई छात्रवृत्ति

विराटनगर । राउण्ट टेबल नेपालले गरिब तथा विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । राउण्ट टेबल नेपाल एरिया–२ ले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा छात्रवृत्ति प्रदान गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले छात्रवृत्तिको चेक हस्तान्तरण गरेका थिए । सबै बालबालिकालाई शिक्षित बनाउने राउण्ट टेवलको अभियानअन्तर्गत एरिया–२ अन्तर्गत विराटनगरका दुईवटा विद्यालयमा अध्...
१० सदस्यीय बन्यो कोशी प्रदेश मन्त्रिपरिषद्

१० सदस्यीय बन्यो कोशी प्रदेश मन्त्रिपरिषद्

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त ७ मन्त्री र २ राज्यमन्त्रीहरुलाई आजै शपथ ग्रहण गराउने तयारी गरिएको छ । कोशी सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर नियुक्त भएका छन् । उनी हालसम्म बिना विभागीय मन्त्रीका रुपमा थिए । यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी यसअघि बिना विभागीय मन्त्रीका रुपमा नियुक्त...
ओखलढुंगामा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु १८ घाइते

ओखलढुंगामा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु १८ घाइते

ओखलढुंगा । जलविद्युत् आयोजनाका मजदुर चढेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । खिजीदेम्बा गाउँपालिका–१ रगनीमा को २ त ८६३६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा खिजीदेम्बा–३ का १८ वर्षीय आयुष सुनुवारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरको पछाडिको ट्रली पल्टिँदा त्यसमा सवार मजदुरहरुमध्ये एकजनाको मृत्यु भएको र अन्य घाइते भएको जिल्ला प्रहरी...
विश्व उच्च रक्तचाप दिवसमा नोवेलद्वारा विराटनगरमा चेतनामूलक र्‍याली

विश्व उच्च रक्तचाप दिवसमा नोवेलद्वारा विराटनगरमा चेतनामूलक र्‍याली

विराटनगर । विश्व उच्च रक्तचाप दिवसका अवसरमा आज विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले चेतनामूलक र्‍याली आयोजना गरेको छ । मे १७ का दिन यो दिवस विश्वभरि मनाइँदै आएको छ । उच्च रक्तचापको जोखिम, यसलाई रोक्न अपनाउनु पर्ने विधिसम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले यो दिवस मनाइँदै आएको छ । यसै सन्दर्भमा नोवेलले आज बिहान विराटनगरको महेन्द्रचोकबाट तिनपैनीसम्म चेतनामूलक र्‍याली आयोजना गरेको थियो ...
धनकुटाको फलामेटारमा अस्थायी प्रहरी पोष्ट स्थापना

धनकुटाको फलामेटारमा अस्थायी प्रहरी पोष्ट स्थापना

धनकुटा । तमोर करिडोर सडक क्षेत्रमा पर्ने धनकुटाको चौबिसे गाउँपालिका–४, फलामेटारमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । उक्त क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको हो । पोष्टमा प्रहरी हवल्दारको नेतृत्वमा ५ जनाको टोली रहने भएको छ । धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशचोकसम्म दैनिक दर्जनौँ सवारीसाधन सञ्चालन हुने गरेका छन् । उक्त सडक खण्डको पाँचथरतिर म...
खोटाङका अग्निपीडितका लागि राजनीतिक दलले जुटाए राहत

खोटाङका अग्निपीडितका लागि राजनीतिक दलले जुटाए राहत

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका अग्निपीडितको सहयोगका लागि विभिन्न राजनीतिक दलका प्रतिनिधि मिलेर राहत रकम जुटाएका छन् । विभिन्न सात राजनीतिक दलका स्थानीय समितिका पदाधिकारी मिलेर दुई लाख रुपैयाँभन्दा बढी रकम जुटाइएको हो । २३३ जना दाताबाट हालसम्म दुई लाख ११ हजार ६५ रुपैयाँ संकलन गरिएको पार्टीका स्थानीय कमिटीले जनाएका छन् । हलेसी तुवाचुङ नगरपालिकामा डढेलो र आगलागीबाट स्थानीय बासिन्दाका ५...
माछा मार्ने क्रममा सङ्खुवासभामा करेन्ट लागेर युवकको मृत्यु

माछा मार्ने क्रममा सङ्खुवासभामा करेन्ट लागेर युवकको मृत्यु

सङ्खुवासभा । माछा मार्ने क्रममा करेन्ट लागेर सङ्खुवासभाको चिचिलामा एक युवकको मृत्यु भएको छ । माछा मार्न करेन्ट लगाउने क्रममा उनी आफैँलाई करेन्ट लागेको थियो । प्रहरीका अनुसार करेन्ट लागेर चिचिला गाउँपालिका–२ ज्यामिरेका २४ वर्षीय छेम्बी शेर्पाको मृत्यु भएको हो । ब्याट्री प्रयोग गरी स्थानीय कागुवा खोलामा माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए...
बढ्दै गर्मी, तातो हावा चल्ने भएकाले सतर्कता अपनाउन सुझाव

बढ्दै गर्मी, तातो हावा चल्ने भएकाले सतर्कता अपनाउन सुझाव

विराटनगर । आगामी दुई–तीन दिनसम्म तराई क्षेत्रमा अत्यधिक गर्मी हुने भन्दै सावधानी अपनाउन भनिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी दुई–तीन दिन तातो हावा चल्ने र अत्यधिक गर्मी हुनेछ । तराईसहित केही दिनयता देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको विभागले जनाएको छ । केही दिनअघि वर्षा हुँदा भने तापक्रम घटेको थियो । तराईमा धेरै गर्मी र हावासमेत तातो चल्न...
लागूऔषध कारोबारी पक्रन प्रहरीले चलायो गोली

लागूऔषध कारोबारी पक्रन प्रहरीले चलायो गोली

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–६ मा लागूऔषध ब्राउन सुगर कारोबारमा सक्रिय दुईजनालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । हिजो बेलुका प्रहरीको टोलीले उनीहरुमाथि गोली चलाएको हो । काठमाडौंबाट खटिएको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले त्यस क्रममा दुवैजनालाई पक्राउ गरेको थियो । प्रहरीको गोली लागेर श्यामसुन्दर खान मण्डल घाइते भएका छन् । मण्डलको दायाँ खुट्टामा १ राउन्ड गोली लागेको छ । उनक...
सुन लुकाएर अपहरणमा परेको नाटक गर्ने इलामका युवक पक्राउ

सुन लुकाएर अपहरणमा परेको नाटक गर्ने इलामका युवक पक्राउ

विराटनगर । विदेशबाट फर्किँदा अवैध रुपमा ल्याएको सुन सम्बद्ध धनीलाई नदिने उद्देश्यले अपहरणमा परेको नाटक गरेको आरोपमा प्रहरीले इलाम घर भएका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको सूर्योदय–१४ घर भइ झापाको बिर्तामोडमा बस्दै आएका ३८ वर्षीय सूर्यबहादुर समाल मगर रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान ललितपुरको गोदावरी–६ सडक किनारमा एकजना घाइते लडिरहेको खबर प्रहरीले पाएको थियो । सामान्य चोट ...
सञ्चारकर्मीसँग सभामुखको गुनासो- कार्यक्रमका समाचार नै आएनन्

सञ्चारकर्मीसँग सभामुखको गुनासो- कार्यक्रमका समाचार नै आएनन्

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले आफू उपस्थित भएका कार्यक्रमका समाचार नै नआएको गुनासो गरेका छन् । बिहीबार प्रदेशसभा सचिवालयमा सञ्चारकर्मीहरूसँगको भेटमा सभामुख विष्टले यस्तो गुनासो गरेका हुन् । उनले आफू उपस्थित कार्यक्रमका समाचारहरू प्रकाशन तथा प्रसारण गर्न सञ्चारकर्मीहरूलाई आग्रह समेत गरेका थिए । डेढ वर्षसम्म विषयगत समितिका सभापति चयन गर्न नसकेको कोशी प्रदेशसभाले जेठको दोस्...
अध्यक्ष कप भलिबलमा सहिदभूमि-३ र ५ को टिम विजयी

अध्यक्ष कप भलिबलमा सहिदभूमि-३ र ५ को टिम विजयी

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा आयोजित दोस्रो संकरणको अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पञ्चकृष्ण माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ सहिदभूमि गाउँपालिका–३ ‘ए’ विजयी भएको छ । फाइनल खेलमा सहिदभूमि गाउँपालिका ३ ‘ए’ ले सहिदभूमि गाउँपालिका–३ ‘बी’ लाई उत्कृष्ट पाँचमा ३–२ को सेटले हराउँदै प्रथम स्थान हासिल गर्न सफल भएको हो । त्यस्तै, मह...
error: Content is protected !!