‘मोरङको गोठगाउँमा सुविधासम्पन्न अस्पताल र मेडिकल कलेज बनाउन सरकार प्रतिबद्ध’

‘मोरङको गोठगाउँमा सुविधासम्पन्न अस्पताल र मेडिकल कलेज बनाउन सरकार प्रतिबद्ध’

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले मोरङको गोठगाउँमा सुविधासम्पन्न अस्पतालका साथै मेडिकल कलेज सञ्चालन गरेर यस क्षेत्रका जनतालाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । त्यसका लागि आर्थिक स्रोतको सुनिश्चतताका साथै वैकल्पिक उपायहरूको खोजी गरेर मेडिकल कलेज सञ्चालनको प्रक्रिया अगाडि बढाइएको जानकारी उनले दिए । पूर्वाञ्चल विश्वविद्यालय सभाको ३९औँ सभा बैठकला...
ओखलढुंगामा पहिरोले ५ घरमा क्षति, विस्थापित परिवार विद्यालयमा

ओखलढुंगामा पहिरोले ५ घरमा क्षति, विस्थापित परिवार विद्यालयमा

ओखलढुंगा । मोलुङ गाउँपालिकाको वडा नम्बर ७ मा पहिरोले स्थानीय बासिन्दाका ५ घर पुरेको छ । गएरातिको अविरल वर्षापछि झरेको पहिरोमा परी ५ घर पुरिएको हो । प्रहरीका अनुसार स्थानीय टेकबहादुर पहारी, पेशल पहारी, अम्बरबहादुर पहारी, देवीमाया सुनुवार र दिलबहादुर विकको घर पहिरोले क्षति पुर्याएको हो । घटनामा मानवीय क्षति भने भएको छैन । पहिरोमा परी केही चौपाया मरेको जनाइएको छ । पहिरोले घरमा क्षति भएपछि स्थानीय...
लागुऔषध र ६७ हजार रुयैयाँसहित ८ जना पक्राउ

लागुऔषध र ६७ हजार रुयैयाँसहित ८ जना पक्राउ

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान टोलीले लागुऔषधसहित एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागुऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट २०८० माघ २६ गते पक्राउ अनुमति जारी भइ फरार रहेका तेह्रथुमको लालीगुराँस नगरपालिका–९ घर भई मोरङको सुन्दरहरैँचा–४ बस्दै आएका ४२ वर्षीय अमृतबहादुर भुजेललाई पक्राउ गरिएको हो । उनको साथबाट ब्राउनसुगर ३२ ग्राम ७४ मिलिग्राम, ६७ हजार ६ ...
मोरङको जीवन विकास लघुवित्त संस्थाले पायो अन्तर्राष्ट्रिय पुरस्कार

मोरङको जीवन विकास लघुवित्त संस्थाले पायो अन्तर्राष्ट्रिय पुरस्कार

विराटनगर । मोरङको कटहरी–१ मा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले ‘थ्री जिरो क्लब’ प्रवर्द्धन गरेबापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । फिलिपिन्सको राजधानी मनिलामा आयोजित थ्री जिरो क्लब कन्भेन्सनमा विश्वभरका सहयोगी संस्थाहरुमध्ये नेपालको जीवन विकास लघुवित्त वित्तीय संस्थाले अन्तर्राष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको हो । यसअघि २०२२ र २०२३ को थ्री जिरो क्लब ...
‘मलेसियाको थुनुवा केन्द्रमा नेपाली श्रमिकको शोषण’

‘मलेसियाको थुनुवा केन्द्रमा नेपाली श्रमिकको शोषण’

विराटनगर । मलेसियाको थुनुवा केन्द्र (डिपोर्टटेशन सेन्टर) मा राखिएका नेपाली श्रमिकमाथि शोषण बढेको एक अध्ययन प्रतिवेदनले औंल्याएको छ । हालै गरिएको एक अध्ययनपछि जारी प्रतिवेदनले शोषण बढेको देखाएको हो । प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) र सेन्टर फर दी स्टडी अफ लेबर एण्ड मोबिलिटी (सेस्लाम) ले गरेको अध्ययन प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो । प्रतिवेदनले डिपोर्टटेसन सेन्टरको अनुगमन र स्थानीय अ...
असार २० सम्म भारी वर्षाको सम्भावनाः पूर्वका धेरैजसो जिल्लामा ‘जोखिम’

असार २० सम्म भारी वर्षाको सम्भावनाः पूर्वका धेरैजसो जिल्लामा ‘जोखिम’

विराटनगर । केही दिनयता मनसुन देशैभरि सक्रिय भइरहेको छ । यसक्रममा आगामी केही दिन विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ । कोशी प्रदेशका १३ सहित देशभरका ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अति जोखिम भनेर संकेत गरिएका कोशी प्रदेशका जिल्लाहरुमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र...
एसईईको मौका परीक्षा साउन २३ गतेदेखि

एसईईको मौका परीक्षा साउन २३ गतेदेखि

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा आज तालिका सार्वजनिक गर्ने बताएको छ । यसअघि दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीलाई साउन १८ र १९ गते मौका परीक्षा गर्ने निर्णय गरिएको थियो । तर, शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्ण...
विराटनगरमा होटल सञ्चालिकाको कुटपिटबाट ग्राहकको मृत्यु

विराटनगरमा होटल सञ्चालिकाको कुटपिटबाट ग्राहकको मृत्यु

विराटनगर । कुटपिटबाट घाइते भएका विराटनगर महानगरपालिका–१९ बैजनाथपुरका ५० वर्षीय वीरबल गोसाइको मृत्यु भएको छ । उनलाई बैजनाथपुरमा होटल सञ्चालन गर्ने स्थानीय तालीदेवी ऋषिदेवले कुटपिट गरेको प्रहरीले जनाएको छ । शनिबार साँझ खाजा खान पसलमा गएका वीरबल र ऋषिदेवबीच भनाभनपछि झगडा भएको स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी दिएका छन् । त्यही क्रममा ऋषिदेवले वीरबलमाथि कुटपिट गरेकी थिइन् । कुटपिटबाट घाइते भएका...
पत्रकार महासंघको गतिविधिप्रति पूर्वनेतृत्वकर्ताको चासो र चिन्ता

पत्रकार महासंघको गतिविधिप्रति पूर्वनेतृत्वकर्ताको चासो र चिन्ता

विराटनगर । नेपाल पत्रकार महासंघका पछिल्ला गतिविधिप्रति आफूहरूको ध्यानाकर्षण भएको पूर्वनेतृत्वकर्ताहरूले बताएका छन् । महासंघको शाख र मर्यादा कायम गर्न आवश्यक परे सहजीकरण गर्न पनि आफूहरू पछि नपर्ने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका हुन् । नेपाल पत्रकार महासंघका पूर्वसभापति एवं पूर्वअध्यक्ष किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँले आइतबार ४ बुँदे वक्तव्य जारी गर्दै नेप...
मोरङ र सुनसरीमा पानीमा डुबेर २ जनाको मृत्यु

मोरङ र सुनसरीमा पानीमा डुबेर २ जनाको मृत्यु

विराटनगर । मोरङ र सुनसरीमा पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ । मोरङमा खोलामा नुहाउने क्रममा एकजनाको मृत्यु भएको हो भने सुनसरीमा नहरको पानीमा डुबेर एकजना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङको पथरी शनिश्चरे–७ का ४६ वर्षीय धनराज गिरीको स्थानीय पथरी खोलामा नुहाउने क्रममा डुबेर हिजो अपराह्न मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेको अवस्थामा स्थानीयले देखेपछि उद्धार गरेर उनलाई मंगलबारे अस्पताल...
झापाको कमलमा मोटरसाइकल दुर्घटनाः एकजनाको मृत्यु

झापाको कमलमा मोटरसाइकल दुर्घटनाः एकजनाको मृत्यु

झापा । झापाको कमल गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । केर्खाबाट दमक आइरहेको प्र–१–०१–०१४ प ८९१४ नम्बरको मोटरसाइकल कुकुरसँग ठोक्किएपछि अनियन्त्रित भइ दुर्घटना भएको थियो । दुर्घटनामा पछाडि बसेका शिवसताक्षीका ४० वर्षीय नवीन आचार्य र चालक २६ वर्षीय पदम पौडेल घाइते भएका थिए । बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । अ...
पहिरो खसेपछि गाईघाट–दिक्तेल सडक अवरुद्ध

पहिरो खसेपछि गाईघाट–दिक्तेल सडक अवरुद्ध

उदयपुर । त्रियुगा नगरपालिका–१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट–दिक्तेल सडकमा पहिरो खसेको छ । गएराति खसेको पहिरोका कारण उक्त सडक भएर सवारी साधनहरु आउजाउ गर्न सकेका छैनन् । साउनेको गाईघाट–दिक्तेल सडकअन्तर्गत हाडेथुम्काको डाँडाबाट पहिरो खसेका कारण सडक पुरिएको छ । सडक अवरुद्ध हुँदा सदरमुकाम गाईघाट भएर खोटाङको दिक्तेललगायत पहाडी क्षेत्रतर्फ हिँडेका सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ । खोटाङबा...
२४ घण्टामा १५ दुर्घटनाः २७ जना घाइते

२४ घण्टामा १५ दुर्घटनाः २७ जना घाइते

धनकुटा । धनकुटासहित कोशी प्रदेशका विभिन्न जिल्लामा बितेको २४ घण्टामा भएका सवारी दुर्घटनामा २७ जना घाइते भएका छन् । शनिबार भएका बेग्लाबेग्लै १५ वटा दुर्घटनामामध्ये सबैभन्दा बढी झापामा भएको प्रहरीले जनाएको छ । यसैगरी, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, इलामलगायत जिल्लामा दुर्घटना भएका छन् । धनकुटाको पाख्रीबास नगरपालिका–३ मा भोजपुरतर्फ जाँदै गरेको सघन सहरी तथा भवन निर्माण कार्यालय धनकुटाको प्रदेश नम्बर...
आज राति कोशी प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने

आज राति कोशी प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने

विराटनगर । आज राति कोशी प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशीका पूर्वी जिल्लाहरुमा बढी पानी पर्ने अनुमान गरिएको छ । यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पनि धेरै वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । विभागका मौसमविद् रोजन लामिछानेका अनुसार विशेषगरी कोशी, गण्डकी र लुम्बिनी प्रदेशका कतिपय ठाउँमा मुसलधारे पानी पर्ने...
पहिरोमा घाइते भएका वृद्धलाई हेलिकप्टरबाट विराटनगर लगियो

पहिरोमा घाइते भएका वृद्धलाई हेलिकप्टरबाट विराटनगर लगियो

ताप्लेजुङ । पहिरोमा परी घाइते भएका सिरिजंगा गाउँपालिका–६ का ६३ वर्षीय पदमबहादुर लिम्वूलाई उपचारका लागि विराटनगर लगिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट उनलाई विराटनगर लगिएको हो । प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यका अनुसार उनलाई विराटनगरको नोवेल अस्पतालमा भर्ना गरिएको छ । लिम्वूलाई हिजो बेलुका घर फर्कने क्रममा पहिरोले बगाएको थियो । गाउँलेले उनको उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपच...
कोशी प्रदेशका ४ सहित रुस-युक्रेन युद्धमा मारिने नेपालीको संख्या ३५

कोशी प्रदेशका ४ सहित रुस-युक्रेन युद्धमा मारिने नेपालीको संख्या ३५

विराटनगर । रुसी सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या ३५ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार थप १० जनाको ज्यान गएसँगै मृत्यु हुनेको संख्या ३५ पुगेको हो । मृत्यु हुनेमा कोशी प्रदेशका चारजना छन् । धनकुटाका खगेन्द्र राइकामगर, इलामका गंगाराज मोक्तान, झापाका गंगाराज अधिकारी, र संखुवासभाका वीरबल राईले रुस–युक्रेन युद्धका क्रममा ज्यान गुमाएका हुन् । परराष्ट्र मन्त्रालयको असार १० गत...
पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु, एकजना बेपत्ता

पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु, एकजना बेपत्ता

विराटनगर । अविरल वर्षापछि आएको पहिरोले पुरिएर गुल्मी र स्याङ्जामा ६ जनाको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् । सुतिरहेका बेला गएराति झरेको पहिरोमा घरसँगै पुरिएर उनीहरुको मृत्यु भएको हो । प्रहरीका अनुसार गुल्मीको मालिका गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको हो । एकजना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, २६ वर्षीया ...
कोशीका मुख्यमन्त्री कार्की भन्छन्, ‘कृषिलाई प्राथमिकता दिऔँ’

कोशीका मुख्यमन्त्री कार्की भन्छन्, ‘कृषिलाई प्राथमिकता दिऔँ’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषिलाई प्राथमिकता दिन प्रदेशवासीलाई आग्रह गरेका छन् । खाद्य सुरक्षाका लागि देशकै प्रमुख अन्नबालीका रूपमा रहेको धानको उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले यसमा प्रदेश सरकारले यथोचित सहयोग गर्ने उल्लेख गरेका छन् । २१औँ राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले कृषिलाई प्राथमिकतामा दिएर...
झापाको भद्रपुरमा वृद्धाको हत्या, आरोपी पक्राउ

झापाको भद्रपुरमा वृद्धाको हत्या, आरोपी पक्राउ

झापा । वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले झापाको भद्रपुरका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुर नगरपालिका–२ डिगाउँका ३५ वर्षीय राजेश तामाङलाई प्रक्राउ गरिएको हो । तामाङले हिजो दिउँसो स्थानीय ७० वर्षीया गौरीमाया तामाङलाई घाँटीको दाहिने भागमा धारिलो सिक्कल प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा खेतबारीमा लुकीछि...
झापाको दमकमा गाडीको ठक्करले छोरीको मृत्यु, आमा घाइते

झापाको दमकमा गाडीको ठक्करले छोरीको मृत्यु, आमा घाइते

झापा । झापाको दमकमा विद्युतीय गाडी सिटीसफारीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । उनकी आमा घाइते भएकी छन् । दमक नगरपालिका–१ मा भएको दुर्घटनामा दुवैजना घाइते भएकामा उपचारका क्रममा बालिकाको मृत्यु भएको हो । प्रहरीका अनुसार श्रीपाली टोलबाट बेलडाँगीतर्फ जाँदै गरेको मे १ ह ६४०९ नम्बरको सिटी सफारीले आमाछोरीलाई ठक्कर दिएको थियो । ठक्करले काठमाडौँ घर भई हाल दमकमा डेरा बस्ने २४ वर्षीया शर्मिला लिम्बू ...
जापानको सहयोगमा विराटनगरको खानेपानी वितरण प्रणाली सुधार गरिँदै

जापानको सहयोगमा विराटनगरको खानेपानी वितरण प्रणाली सुधार गरिँदै

विराटनगर । विराटनगरको खानेपानी वितरण प्रणाली सुधारका लागि जापान सरकारले सहयोग गरेको छ । नेपाल खानेपानी संस्थानद्वारा निर्माण हुने खानेपानी सुधार आयोजनाका लागि जापान सरकारले अनुदान सहयोग गरेको हो । २ अर्ब ५४ करोड जापानी येन लागत रहेको आयोजनाको संघीय सरकारका खानेपानीमन्त्री राजेन्द्रकुमार राईले आज शिलान्यास गरे । देशकै खानेपानीको समस्या समाधानका लागि काम गरिरहेको बताउँदै मन्त्री राईले यो परियोजना ...
मोरङ, सुनसरी, झापा र उदयपुरमा साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

मोरङ, सुनसरी, झापा र उदयपुरमा साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

विराटनगर । सरकारले विभिन्न कामका लागि आगामी साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भएको छ । प्रारम्भिक चरणमा कोशी प्रदेशका चारसहित २८ जिल्लामा यो नियम लागू हुने भएको छ । सामाजिक सुरक्षा भत्ता, पेन्सन र बिमा जस्ता क्षेत्रका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको हो । गत सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले पहिलो चरणमा २८ जिल्लामा लागू गर्ने जनाएको हो । पहिलो चरणमा लागू...
कोशी नदीमा जलस्तर बढेसँगै सतर्क रहन प्रशासनको आग्रह

कोशी नदीमा जलस्तर बढेसँगै सतर्क रहन प्रशासनको आग्रह

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेपछि सतर्कता अपनाउन थालिएको छ । स्थानीय प्रशासनले कोशी नदीमा डुंगा चलाउन, माछा मार्न र दाउरा खोज्न निषेध गरेको छ । पूर्वी पहाडी जिल्ला तथा सुनसरी, उदयपुर, सप्तरीमा पनि निरन्तर वर्षा भइरहेका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बिहिवार कोशी नदीमा पानीको बहाव एक लाख ३४ हजार क्युसेक मापन गरिएको थियो । पानीलाई निकास दिन कोशी ब्यारेजका ५६ मध्ये १९ वटा...
कोशीका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने, सावधानी अपनाउन आग्रह

कोशीका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने, सावधानी अपनाउन आग्रह

विराटनगर । कोशी प्रदेशका विभिन्न क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो पनि केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ । मनसुनी वायुको प्रभाव बढिरहेको अवस्थामा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा...
विवाहको बहाना बनाउँदै मानव तस्करी गर्ने उदयपुरकी महिला पक्राउ

विवाहको बहाना बनाउँदै मानव तस्करी गर्ने उदयपुरकी महिला पक्राउ

विराटनगर । विवाहको बहानामा चीनमा मानव तस्करी तथा बेचबिखन गरेको आरोपमा उदयपुरकी एक महिला पक्राउ परेकी छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह घर भएकी ३१ वर्षीया सुन्दरी राईलाई काठमाडौंमा पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले चिनियाँ केटासँग विवाह गरेर चीन आउन भन्दै पीडित महिलालाई सामाजिक सञ्जालमार्फत् प्रस्ताव गरेकी थिइन् । विश्वास दिलाउन आफू समेत चिनिय...
झापामा डुबेर एकजनाको मृत्यु, एक बेपत्ता

झापामा डुबेर एकजनाको मृत्यु, एक बेपत्ता

झापा । झापाका बेग्लाबेग्लै स्थानमा डुबेर एकजनाको मृत्यु भएको छ । अर्का एकजना बेपत्ता भएका छन् । शिवसताक्षी–२ का २८ वर्षीय बुधे बेस्राको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरनजिकै खेतमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । यसैगरी, गौरीगञ्ज गाउँपालिकामा खोलामा डुबेर एकजना पुरुष बेपत्ता भएका छन् । गौरीगञ्ज–१ स्थित कमल खोलाले बगाउँदा ४...
विवाह गर्छु भन्दै जबरजस्ती करणी गरी फरार संखुवासभाका युवक पक्राउ

विवाह गर्छु भन्दै जबरजस्ती करणी गरी फरार संखुवासभाका युवक पक्राउ

संखुवासभा । विवाह गर्ने प्रलोभन दिइ एक युवतीलाई जबर्जस्ती करणी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाको मकालु गाउँपालिका–५ का ३१ वर्षीय युवक भनिने लीलाबहादुर गुरुङ पक्राउ परेका हुन् । उनलाई सुनसरीको धरान उपमहानगरपालिका–१६ स्थित हंश मार्गबाट पक्राउ गरिएको हो । २०७९ चैतमा ती युवकले स्थानीय एक युवतीलाई विवाह गर्छु भन्दै प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको प्रहरीको भनाइ छ । त्यसपछि उनी ...
एसईईः कोशी प्रदेशमै उत्कृष्ट बनेको विराटनगरको एभरेष्ट स्कुलको दाबी

एसईईः कोशी प्रदेशमै उत्कृष्ट बनेको विराटनगरको एभरेष्ट स्कुलको दाबी

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले यस वर्षको एसईई नतिजाका आधारमा कोशी प्रदेशकै उत्कृष्ट विद्यालय बनेको दाबी गरेको छ । यस वर्ष एभरेष्टका २१२ जना विद्यार्थीले एसईई दिएका थिए । तीमध्ये ४ जीपीए ल्याउने तीनसहित ११२ जनाले ३.६१ देखि ४ जीपीएसम्म ल्याएका छन् । ३.२१ देखि ३.६ सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९२ जना रहेको विद्यालयले जनाएको छ । यस्तै, बाँकी ८ जनाले २.८१ देखि ३.२ ...
घरेलु रक्सीलाई ‘तीनपाने’ नाममा ब्रान्डिङ गर्न सांसदको प्रस्ताव

घरेलु रक्सीलाई ‘तीनपाने’ नाममा ब्रान्डिङ गर्न सांसदको प्रस्ताव

विराटनगर । नेपाली ‘लोकल’ रक्सीलाई ब्रान्डिङ गर्ने सरकारको योजनाको समर्थन गर्दै एकजना संघीय सांसदले त्यसको नाम तीनपाने रक्सी राख्न प्रस्ताव गरेकी छन् । नेकपा एमालेकी सांसद सूर्यकुमारी श्रेष्ठले आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै यस्तो प्रस्ताव राखेकी हुन् । सरकारले आगामी आर्थिक बर्ष २०८१–८२ को बजेटमा लोकल रक्सीको ब्रान्डिङ गर्ने भनेको छ । यसको समर्थन गर्दै एमाले सांसद श्रेष्ठले नेपाली ब्रान्डक...
कोशी प्रदेशबाट एसईईमा ३९ हजारभन्दा बढी परीक्षार्थी अनुतीर्ण

कोशी प्रदेशबाट एसईईमा ३९ हजारभन्दा बढी परीक्षार्थी अनुतीर्ण

विराटनगर । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कोशी प्रदेशबाट ३९ हजारभन्दा बढी परीक्षार्थी अनुतीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार कोशीका विभिन्न जिल्लाका गरी ३९ हजार ८९५ जना परीक्षार्थी अनुतीर्ण भएका हुन् । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार कोशी प्रदेशबाट कुल ७५ हजार ९८८ परीक्षार्थी सहभागी भएका थिए । यसैगरी, मधेस प्रदेशबाट कुल ७९ हजार ५९२ परीक...
पूर्वमा मनसुनजन्य घटना: २४ जनाको मृत्यु

पूर्वमा मनसुनजन्य घटना: २४ जनाको मृत्यु

विराटनगर । यस वर्षको मनसुन भित्रिएपछि सुरुआती दिनमै कोशी प्रदेश बढी प्रभावित भएको छ । पहाडी क्षेत्रमा पहिरो अनि तराईमा भलबाढीका कारण धनजनको क्षति हुने क्रम बढेको छ । कतिपय स्थानमा चट्याङका कारण पनि मानिसहरुले ज्यान गुमाएका छन् । मनसुन सुरुभएयता यससँग सम्बन्धित घटनामा परी हालसम्म कोशी प्रदेशका विभिन्न जिल्लामा गरी २४ जनाले ज्यान गुमाएका छन् । बाढी, पहिरो र चट्याङका कारण त्यति संख्यामा मानिसको मृ...
error: Content is protected !!