संगालोखबर

विराटनगर । केही दिनयता मनसुन देशैभरि सक्रिय भइरहेको छ । यसक्रममा आगामी केही दिन विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ । कोशी प्रदेशका १३ सहित देशभरका ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

अति जोखिम भनेर संकेत गरिएका कोशी प्रदेशका जिल्लाहरुमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा छन् । उदयपुरमा भने मध्यम जोखिमको अवस्था हुने जनाइएको छ ।

विभागले विशेष बुलेटिन जारी गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ । यसले अति जोखिमको संकेत गर्छ । यसैगरी, २६ जिल्लामा मध्यम जोखिमको सम्भावनाको संकेत स्वरुप ‘यलो अलर्ट’ जारी गरिएको छ । यस्तौ अलर्टले मध्यम जोखिमको संकेत गर्छ ।

यसैगरी बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा जिल्लामा रेड अलर्ट जारी भएको छ । गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र लमजुङ जिल्लामा रेड अलर्ट जारी भएको छ । लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्व पनि अति जोखिमको संकेत स्वरुप रेड अलर्टको सूचीमा परेका छन् ।

विभागले असार १७ गतेदेखि २० गतेसम्म सतर्कताको सूचना जारी गरेको छ । विभागका मौसमविदहरुका अनुसार आजदेखि असार २० गते बिहीबारसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!