संगालोखबर

ताप्लेजुङ । पहिरोमा परी घाइते भएका सिरिजंगा गाउँपालिका–६ का ६३ वर्षीय पदमबहादुर लिम्वूलाई उपचारका लागि विराटनगर लगिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट उनलाई विराटनगर लगिएको हो ।

Advertisement

प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यका अनुसार उनलाई विराटनगरको नोवेल अस्पतालमा भर्ना गरिएको छ । लिम्वूलाई हिजो बेलुका घर फर्कने क्रममा पहिरोले बगाएको थियो । गाउँलेले उनको उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गराएका थिए ।

टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका उनलाई हेलिकप्टरबाट उद्धार गरिदिन वडा कार्यालय र गाउँपालिकाले ताप्लेजुङमा रहेको नेपाली सेनाको दुर्गादल गुल्म र जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेका थिए ।

यस वर्षको मनुसनी वर्षा सुरु भएपछि बाढी र पहिरोमा परी जिल्लामा पाँच जनाको मृत्यु भएको छ । पहिरोले जिल्लाका विभिन्न स्थानका २५ घर पूर्ण क्षति भएको प्रशासन कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!