संगालोखबर

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषिलाई प्राथमिकता दिन प्रदेशवासीलाई आग्रह गरेका छन् । खाद्य सुरक्षाका लागि देशकै प्रमुख अन्नबालीका रूपमा रहेको धानको उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले यसमा प्रदेश सरकारले यथोचित सहयोग गर्ने उल्लेख गरेका छन् ।

Advertisement

२१औँ राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले कृषिलाई प्राथमिकतामा दिएर उत्पादन बढाउनुपर्नेमा जोड दिएका हुन् । कृषि क्षेत्रको सुधार नभएसम्म उद्योगहरूको अवस्थामा पनि सुधार नआउने भन्दै उनले कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले सीमित स्रोत र साधनका बिच पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

धान बालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी समृद्ध अर्थतन्त्र निर्माणमा केन्द्रित हुन उनको आग्रह छ । पछिल्लो समयमा बसाइँ सराइ र विदेश पलायनले कृषि क्षेत्र धरासायी बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै कार्कीले दिगो विकासका लागि आधुनिक कृषि कर्ममा युवाहरूले चासो देखाउनु पर्ने बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!