संगालोखबर


उदयपुर । त्रियुगा नगरपालिका–१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट–दिक्तेल सडकमा पहिरो खसेको छ । गएराति खसेको पहिरोका कारण उक्त सडक भएर सवारी साधनहरु आउजाउ गर्न सकेका छैनन् ।

साउनेको गाईघाट–दिक्तेल सडकअन्तर्गत हाडेथुम्काको डाँडाबाट पहिरो खसेका कारण सडक पुरिएको छ । सडक अवरुद्ध हुँदा सदरमुकाम गाईघाट भएर खोटाङको दिक्तेललगायत पहाडी क्षेत्रतर्फ हिँडेका सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ ।

Advertisement

खोटाङबाट उदयपुरको गाईघाट हुँदै विराटनगर, धरान, धनकुटा हिँडेका सवारीसाधन पनि बिहानदेखि रोकिएका छन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले पहिरो पन्साएर सडक खुलाउनका लागि गाईघाट–दिक्तेल सडक कार्यालय र त्रियुगा नगरपालिकासँग समन्वय गर्ने कार्य भइरहेको बताए ।

यसैबीच, नगरपालिकाका प्राविधिक र डोजरसहितको टोली अवरुद्ध सडक खुलाउने काममा परिचालन गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!