भलबाढीले विराटनगरका दर्जनौं परिवार प्रभावित, विस्थापितलाई सुरक्षित स्थानमा सारिँदै
विराटनगर । निरन्तर वर्षाका कारण मोरङको विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाका कम्तीमा ३६ परिवार विस्थापित भएका छन् । प्रभावित क्षेत्र पुगेर स्थलगत अनुगमन गर्ने काम जारी रहेकाले प्रभावित परिवारको यकिन संख्या संकलन भइनसकेको प्रहरीले जनाएको छ । बाढी र डुबानबाट दर्जनौं परिवार प्रभावित भएको अनुमान गरिएको छ ।
सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा विराटनगर–८ का १० परिवार विस्थापित भएको प्रहरील...




























