संगालोखबर

विराटनगर । कुटपिटबाट घाइते भएका विराटनगर महानगरपालिका–१९ बैजनाथपुरका ५० वर्षीय वीरबल गोसाइको मृत्यु भएको छ । उनलाई बैजनाथपुरमा होटल सञ्चालन गर्ने स्थानीय तालीदेवी ऋषिदेवले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

Advertisement

शनिबार साँझ खाजा खान पसलमा गएका वीरबल र ऋषिदेवबीच भनाभनपछि झगडा भएको स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी दिएका छन् । त्यही क्रममा ऋषिदेवले वीरबलमाथि कुटपिट गरेकी थिइन् ।

कुटपिटबाट घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको थियो । उपचारका क्रममा आइतबार अपराह्न मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार होटल सञ्चालिका ऋषिदेवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । शवको पोष्टमार्टम र घटनास्थलमा प्रारम्भिक अनुसन्धानपछि विस्तृत कुुरा खुल्ने उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!