संगालोखबर

संखुवासभा । विवाह गर्ने प्रलोभन दिइ एक युवतीलाई जबर्जस्ती करणी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाको मकालु गाउँपालिका–५ का ३१ वर्षीय युवक भनिने लीलाबहादुर गुरुङ पक्राउ परेका हुन् ।

Advertisement

उनलाई सुनसरीको धरान उपमहानगरपालिका–१६ स्थित हंश मार्गबाट पक्राउ गरिएको हो । २०७९ चैतमा ती युवकले स्थानीय एक युवतीलाई विवाह गर्छु भन्दै प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

त्यसपछि उनी फरार भएका थिए । पीडित परिवारका तर्फबाट उजुरी परेपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । निरन्तर निगरानी गर्ने क्रममा उनलाई जिल्ला प्रहरी कार्यालय संखुवासभा र इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको सूचना अधिकारी प्रहरी निरीक्षक कुमार लामिछानेले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिउपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबरजस्ती करणी मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको सूचना अधिकारी लामिछानेले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!