संगालोखबर

सांकेतिक तस्वीर

झापा । झापाको कमल गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । केर्खाबाट दमक आइरहेको प्र–१–०१–०१४ प ८९१४ नम्बरको मोटरसाइकल कुकुरसँग ठोक्किएपछि अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

दुर्घटनामा पछाडि बसेका शिवसताक्षीका ४० वर्षीय नवीन आचार्य र चालक २६ वर्षीय पदम पौडेल घाइते भएका थिए । बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

अर्का घाइते पौडेलको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको जानकारी दिइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!